इटहरी/ अभिनेत्री प्रियंका कार्की अभिनित नम्रता तामाङको नयाँ गीत ‘दिलमा चुकुल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार दीपक शर्माको शब्द र संगीतमा तयार गरिएको यो गीतमा साहस शाक्यले एरेन्ज गरेका छन् । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका छन् ।
यस्तै भिडियोमा पुरुष मोडेलको रूपमा विनोद न्यौपानेले अभिनय प्रस्तुत गरेका छन् । भिडियोमा अजय रेग्मीको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । हेर्नुस् भिडियो ।
‘दिलमा चुकुल’लाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसअघि गायिका नम्रता तामाङको ‘ओई सानी’ र ‘नगर शंका’ जस्ता गीतले दर्शकको मन जित्न सफल भएका थिए । उनको यो नयाँ गीतले पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।















Discussion about this post