इटहरी/ नेपाली सांगीतिक बजारमा दिनहुँ जसो नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी छ । यसै मेसोमा, भक्तपुरको रमणीय गन्तव्य गुन्डुको सुन्दर दृश्यहरूलाई पर्दामा उतार्दै नयाँ म्युजिक भिडियो ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । ‘म्युजिक मन्त्र’ युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको यो सांगीतिक कोसेली विशेषगरी गायक सुरज पौडेलका लागि एउटा महत्त्वपूर्ण माइलस्टोन बनेको छ ।
यो उनको सांगीतिक यात्राको १०औं म्युजिक भिडियो हो । यस गीतमा सुरजलाई स्वरमा चर्चित गायिका अनु चौधरीले साथ दिएकी छन् । गीतलाई उत्कृष्ठ बनाउन प्रमोद ढुंगानाका शब्दहरूले ठूलो भूमिका खेलेका छन् भने मनोज चौलागाईंको संगीत तथा एरेन्जले गीतलाई थप जीवन्त बनाएको छ । ‘एकाउस्टिक नेपाल स्टुडियो’मा रेकर्ड गरिएको यस गीतको अडियो पक्ष निकै बलियो सुनिएको छ । हेर्नुस् भिडियो ।

अडियो जति उत्कृष्ट छ, भिडियो निर्माणमा पनि उत्तिकै मिहिनेत गरिएको छ । नितिन चन्दको कुशल निर्देशनमा तयार भएको यस भिडियोमा चर्चित मोडलद्वय कमल सिंह र जुना कार्कीलाई फिचर गरिएको छ । उनीहरूको अनस्क्रिन रोमान्स र रोहित सिंह ठकुरीको आकर्षक कोरियोग्राफीले भिडियोलाई निकै मनोरञ्जनात्मक बनाएको छ । एकता भण्डारीको मेकअपले कलाकारको लुक्सलाई थप निखारेको छ ।
@parikalanewsofficial
निल प्रसाद ईटनिले निर्माण गरेको यस भिडियोलाई विनोद बिष्टले आफ्नो क्यामेरामा निकै कलात्मक ढंगले कैद गरेका छन् । भिडियोको पोस्ट-प्रोडक्सनतर्फ सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन् भने ग्राफिक डिजाइनको जिम्मा सन्तोष पनेरुले सम्हालेका छन् । त्यसैगरी, छायांकन स्थलमा प्रकाश व्यवस्थापनको जिम्मेवारी मुस्कान र विक्रमले निभाएका थिए भने यातायात व्यवस्थापनमा राम गुरु र सञ्जयले सघाएका छन् । अडियो र भिडियो दुवै पक्ष उत्कृष्ट रहेको ‘हावा चल्यो सिरिरी’ ले दर्शक र श्रोताको मन जित्ने अपेक्षा निर्माण टोलीले लिएको छ ।

















Discussion about this post