Tuesday, April 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

इटहरी/ नेपाली फिल्म क्षेत्रमा एउटा नयाँ अनुहारको प्रवेश हुँदैछ, अविरल प्रताप अधिकारी । यही आउँदो जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’ मार्फत उनले ठुलो पर्दामा डेब्यु गर्दैछन् । रोचक कुरा त के छ भने, उनी यस फिल्मका कलाकार मात्र नभएर सम्पूर्ण सुटिङ युनिटकै सबैभन्दा कान्छा सदस्य हुन् । विश्वका विभिन्न ल्याबहरुको यात्रा तय गर्दै करिब ६-७ वर्ष लगाएर ‘एक मुठ्ठी बादल’ को पटकथा तयार भएको हो ।

यसै क्रममा फिल्मको भाइ चरित्रका लागि सबैभन्दा पहिलो अडिसन दिने व्यक्ति अविरल नै थिए । जम्मा १७ वर्षको उमेरमा, अभिनयको कुनै ज्ञान र अनुभव बिना नै उनले दुई पेजको सिन आफ्नो विवेकले अभिनय गरेर पठाएका थिए । निर्देशक सहारा शर्माले ‘पछि खबर गर्छौं’ भनेको ठीक ५ वर्षपछि बल्ल उनलाई दोस्रो अडिसनको लागि बोलावट भयो । दोस्रो अडिसन पार गरेपछि मात्र उनले यो भूमिका पक्का गरेका थिए ।

अडिसनबाट छानिएको त्यो दिन अविरलको जीवनकै अविस्मरणीय क्षण बन्यो । यसले उनको अभिनय गर्ने सपना मात्र पूरा गरेन, जीवनमै पहिलो पटक हवाइजहाज चढ्ने अवसर पनि जुरायो । सुटिङका लागि पोखरा जाँदा उनले पहिलो पटक प्लेनको रोमाञ्चक अनुभव सँगाले । सुटिङ सेटको आत्मीयताले उनलाई यति छोएको थियो कि, सुटिङ सकिएको अन्तिम दिन उनी भावुक भएर रोएका थिए ।

अविरलले कला र सिर्जनाको गुण आफ्नै पारिवारिक बिरासतबाट पाएका हुन् । उनका हजुरबुवा चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी हुन् भने बुबा अमानप्रताप अधिकारी कार्यक्रम निर्देशक एवं कमेन्टेटर हुन् । यही पारिवारिक पृष्ठभूमिलाई पछ्याउँदै उनले नाटकबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । ‘एक मुठ्ठी बादल’ पछि उनले ‘पारी बुटोल’ नामक अर्को फिल्ममा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।

@parikalanewsofficial

फिल्ममा अविरलले घरको एक्लो छोरो र दिदीहरु उषा रजक र आँचल शर्माको पुलपुलिएको भाइको भूमिका निर्वाह गरेका छन् । तर, वास्तविक जीवनमा उनी त्यति धेरै पुलपुलिएका छैनन् ।
घरमा आफ्नै दिदीसँग हुर्किएका कारण उनलाई फिल्मभित्रको दिदी-भाइको सम्बन्ध बुझ्न भने निकै सहज भयो । यद्यपि, पर्दामा बोल्ने शैली र वास्तविक जीवनको शैली नितान्त फरक रहेको उनी बताउँछन् ।

अविरलका अनुसार यो फिल्म नेपालभरिका सम्पूर्ण परिवारमाथि गहन अनुसन्धान गरेर लेखिएको जस्तो लाग्छ । “फिल्मभित्रका हरेक सदस्यले हाम्रो समाज र परिवारका भिन्न-भिन्न सदस्यको प्रतिनिधित्व गरेका छन् । हरेक चरित्र हेर्दा दर्शकलाई आफ्नै भोगाइ जस्तो महसुस हुन्छ । यसमा भाइको चरित्र अझ विशेष छ ।” उनी भन्छन् । यो फिल्ममा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भिमा मैनाली, र अस्मिता गौतमको प्रमुख भूमिकामा अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

अर्काे पाेस्ट

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’
कलिउड न्युज

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार
इभेन्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

बैशाख १५, २०८३ मा प्रकाशित
नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १५, २०८३ मा प्रकाशित
‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

बैशाख १४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

बैशाख १६, २०८३ मा प्रकाशित
‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित
विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

बैशाख १५, २०८३ मा प्रकाशित
नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

बैशाख १५, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana