Monday, April 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

✍ सुवास संकल्प
बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

इटहरी/ समाजमा मानिसहरु कसरी रक्सीको कुलतमा फस्दै गइरहेका छन् भन्ने यथार्थपरक कथालाई चित्रण गर्दै नयाँ थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक भएको छ । स्वर्गीय गायक राम धामीप्रति उच्च सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सोमबार सुनसरीको झुम्कास्थित म्याजिक सिनेमा हलमा एक विशेष कार्यक्रमका बीच यो गीतको बिमोचन गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि थारु फिल्म उद्योगका पहिलो नायक पर्शुराम चौधरी र विशिष्ट अतिथि चर्चित गायक श्रीकृष्ण लुइटेल ‘बोके दारी’ले संयुक्त रुपमा म्युजिक भिडियोको लोकार्पण गरेका थिए । यस गीतमा प्रवलदीप विश्वासको आफ्नै शब्द, संगीत र मुख्य स्वर रहेको छ । उनलाई स्वरमा गायिका नीतु चौधरीले साथ दिएकी छन् । गीतलाई सुमधुर बनाउन सञ्जय हमालले संगीत संयोजन गरेका छन् । हेर्नुस् भिडियो ।

यस्तै ध्वनि रेकर्डिङ हारुन रसिद र ध्वनि मिश्रणको काम बिजेन श्रेष्ठले सम्हालेका छन् । म्युजिक भिडियोलाई कलात्मक र सन्देशमूलक बनाउन कार्तिक राजवंशीले निर्देशन गरेका छन् । भिडियोको दृश्य सम्पादन र रंगरोगनको जिम्मा पनि निर्देशक राजवंशीले नै सम्हालेका छन् । भिडियोलाई रबिन चौधरीले क्यामेरामा कैद गरेका हुन् भने कलाकारहरुको शृङ्गार अवध नारायण राजवंशीले गरेका छन् ।

@parikalanewsofficial

रक्सीको लत र यसको प्रभावलाई पर्दामा जीवन्त उतार्न भिडियोमा ठूलो कलाकार टोलीले अभिनय गरेको छ । जसमा सनम चौधरी, राजेश राजवंशी, पाण्डव चौधरी, सरोज चौधरी, विक्की राजवंशी, मन कुमार राजवंशी, प्रितम राजवंशी, राम कृष्ण तवदार, रमेन चौधरी, महेन्द्र चौधरी, ईश्वर माझी, जीवन मुर्मु, अनुराग माझी, निरज राजवंशी र सुरज राजवंशी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । दर्शक तथा श्रोताहरूले यो सन्देशमूलक तथा मनोरञ्जनात्मक म्युजिक भिडियोलाई गायक विश्वासकै आधिकारिक युट्युब च्यानल मार्फत हेर्न र सुन्न सक्नेछन् ।

अगाडिकाे पाेस्ट

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु
कलिउड न्युज

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

✍ परिकला न्यूज
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा
कलिउड न्युज

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

✍ परिकला न्यूज
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

बैशाख १४, २०८३ मा प्रकाशित
बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बैशाख १४, २०८३ मा प्रकाशित
‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १५, २०८३ मा प्रकाशित
‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

बैशाख १४, २०८३ मा प्रकाशित
बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बैशाख १४, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana