Sunday, April 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

✍ परिकला न्यूज
बैशाख १४, २०८३ मा प्रकाशित
बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

इटहरी/ नेपाली समाजको एउटा संवेदनशील साथै ओझेलमा परेको पाटो हो, बादी समुदाय । अब यही समुदायभित्रको गहिरो वेदना र आमा–छोरीको मार्मिक कथालाई नेपाली फिल्म क्षेत्रमामा उतार्दैछ, सफल फिल्म निर्माण कम्पनी ‘षट्कोण आर्ट्स’ । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, र ‘महापुरुष’ जस्ता सफल एवं व्यावसायिक फिल्महरू दिएर दर्शकको विश्वास जितेको यस ब्यानरले यही वैशाख १८ गतेबाट आफ्नो नयाँ फिल्म ‘लालीबजार’ प्रदर्शनमा ल्याउँदैछ ।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले यो फिल्म बादी समुदायले समेत गर्व गर्न सक्ने स्तरमा अनुसन्धान गरेर बनाइएको दाबी गरेको छ । षट्कोण आर्ट्सले निर्माण गरेका यसअघिका सबै फिल्मको कमान्ड निर्देशक प्रदीप भट्टराईले सम्हाल्दै आएका थिए । तर, ‘लालीबजार’ मा भने निर्देशनको रुपमा यम थापा रहेका छन् । कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईका अनुसार, तराईको विषयमा फिल्म बनाउने सोचका साथ सुझाव लिन जाँदा निर्देशक यम थापाले आफूसँग भएको बादी समुदायको कथा सुनाएका थिए ।

कथा यति शक्तिशाली थियो कि निर्माण टिमले तत्कालै यसमा फिल्म बनाउने निर्णय लियो । कथाको मर्म र बर्दियाको परिवेशलाई यम थापाले नै न्याय गर्न सक्ने विश्वासका साथ उनलाई नै निर्देशनको जिम्मा दिइएको हो । नेपाली फिल्म क्षेत्रमा एक दशक बिताइसकेकी र ‘बुलबुल’ तथा ‘चिसो मान्छे’ जस्ता फिल्मबाट आफूलाई अब्बल अभिनेत्रीको रुपमा प्रमाणित गरिसकेकी अभिनेत्री स्वस्तिमा खड्का ‘लालीबजार’ लाई आफ्नो करिअरकै ‘टर्निङ प्वाइन्ट’ मान्छिन् ।

यो फिल्ममा काम गर्न उनी यति लालायित थिइन् कि, अभिनय यात्राको १० वर्षपछि उनले ‘लुक टेस्ट’ का लागि अडिसन नै दिइन् । फिल्ममा बादी महिला ‘मधुवाला’ को भूमिका निर्वाह गरेकी स्वस्तिमाले पात्रको गहिराइ बुझ्न आफैँ बर्दिया पुगेर त्यहाँका पाका उमेरका आमाहरूसँग भेटघाट र अनुसन्धान गरेकी थिइन् । “मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा पात्र भएर बाँच्न पाएँ,” उनले भनिन् ।

@parikalanewsofficial

सधैँ सामाजिक विषयवस्तुलाई उठान गर्दै आएको षट्कोण आर्ट्सले यसपटक विषयवस्तुको उठानमा झनै गम्भीरता अपनाएको निर्माता म्याक्स दीपेश खत्री बताउँछन् । यस फिल्ममा अभिनेता रवीन्द्रसिंह बानियाँले ‘टल्क जंग भर्सेस टुल्के’ पछि कडा नकारात्मक भूमिका निर्वाह गरेका छन् । चरित्र निर्माणको अनुभव सुनाउँदै उनले भने, “मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नुभएको होला ? समाजमा यस्ता पात्रहरू धर्तीमा रहन लायक छैनन्। यो फिल्ममा काम गर्दा थाहा पाएँ, हामीले वा राज्यले ती समुदायसँग जतिपटक माफी मागे पनि कम हुन्छ ।”

यस फिल्मबाट दुई नयाँ अनुहार विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । रंगमञ्चको पृष्ठभूमिबाट आएका विशाल देवकोटाले फिल्ममा स्वस्तिमा खड्काको जोडीका रूपमा काम गरेका छन् । षट्कोण आर्ट्सको टिमसँग काम गर्न पाउनुलाई उनले ठूलो अवसर मानेका छन् । यस्तै ‘जेनजी’ अभियन्ता र कन्टेन्ट क्रिएटरका रूपमा परिचित प्रशंसा सुवेदीले ग्रामीण भेगको चरित्र र लवजमा आफूलाई ढाल्न वर्कसपमा कडा मिहिनेत गरेकी छिन् । फिल्म रिलिज हुन अझै केही समय बाँकी रहे पनि यसका सामग्रीले दर्शकको ध्यान खिचिसकेका छन् ।

गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएको पोस्टरले कथाको भाव स्पष्ट पारेको छ । त्यस्तै, फिल्मका गीतहरू ‘मायालाई के दिउँ म बैना’, ‘मिठो संसार’, र ‘मै राम्री छु त नी’ अहिले युट्युब, टिकटक लगायतका डिजिटल प्लेटफर्ममा लोकप्रिय भइरहेका छन् । फिल्ममा अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ । डिजिटल माध्यममा भर नपरी बर्दियामै पुगेर गरिएको स्थलगत अनुसन्धान र बलियो कथावस्तुले ‘लालीबजार’ लाई यो वर्षको सर्वाधिक प्रतीक्षित फिल्म बनाएको छ ।

अगाडिकाे पाेस्ट

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

अर्काे पाेस्ट

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन
कलिउड न्युज

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

✍ परिकला न्यूज
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान
कलिउड न्युज

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

✍ सुवास संकल्प
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

बैशाख १४, २०८३ मा प्रकाशित
बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बैशाख १४, २०८३ मा प्रकाशित
‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana