Friday, April 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ११, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

इटहरी/ लामो समयको प्रतीक्षापछि अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकबीच भएको सहमतिअनुसार यो फिल्म आगामी भदौ २६ गते देशभरका फिल्म हलहरुमा एकसाथ प्रदर्शनमा आउनेछ । यसअघि तीजको छेको पारेर रिलिज गर्ने भनिए पनि ठोस मिति तोकिएको थिएन । अब भने नेपाली नारीहरूको महान् चाड तीज र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको विशेष अवसर पारेर फिल्म दर्शकमाझ ल्याउन लागिएको हो ।

नेपाली फिल्म क्षेत्रकी ‘मेगास्टार’ मानिने रेखा थापाले यसै फिल्ममार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी छन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो ।
विशेष कुरा के छ भने, रेखा यस पटक अभिनयमा नभई पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित छिन् । साथै, आफ्नै घरेलु ब्यानर ‘रेखा फिल्मस्’ बाट बाहिर निस्किएर बाहिरी ब्यानरको फिल्म निर्देशन गर्ने उनी सम्भवतः नेपालकै पहिलो स्थापित महिला निर्देशक बनेकी छन् ।

@parikalanewsofficial

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस फिल्मको अर्को प्रमुख आकर्षण यसको ‘स्टारकास्ट’ हो । फिल्ममा एकसाथ ४ जना पूर्व मिस नेपालहरूले अभिनय गरेका छन् । फिल्मको मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह रहेका छन् । यस्तै विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गी रहेकी छन् । फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल को पनि अभिनय रहेको छ ।

फिल्मको निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् भने कथा तथा पटकथा ध्रुव लम्सालको रहेको छ, उनले १० वर्षपछि लेखनमा पुनरागमन गरेका छन् । फिल्मले सुमधुर प्रेमकथाको माध्यमबाट सामाजिक भावना र परिवेशलाई उजागर गर्ने लेखक लम्सालको दाबी छ । सुदिप बरालको छायांकन रहेको फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

गत चैत २८ गते, २८ दिनको सेड्युलमा छायांकन सम्पन्न भएको यस फिल्मको यतिबेला ‘पोस्ट प्रोडक्सन’ को काम तीव्र रूपमा भइरहेको छ । निर्माण पक्षले यसअघि नै फिल्मका दुई रोमान्टिक र भावुक पोस्टरहरू सार्वजनिक गरिसकेको छ, जसले दर्शकमाझ राम्रो कौतूहलता जगाएको छ । चाडपर्वको माहोल, बलियो स्टारकास्ट र रेखा थापाको निर्देशन रहेको हुँदा ‘माया भनेकै यस्तो होला’ बक्स अफिसमा प्रतीक्षित फिल्म बनेको छ ।

अगाडिकाे पाेस्ट

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

अर्काे पाेस्ट

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर
कलिउड न्युज

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

✍ सुवास संकल्प
बैशाख १२, २०८३ मा प्रकाशित
0

...

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का
कलिउड न्युज

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

✍ परिकला न्यूज
बैशाख ११, २०८३ मा प्रकाशित
0

...

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित
आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana