Friday, April 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

✍ सुवास संकल्प
बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

इटहरी/ नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहार र प्रतिभाको खोजी भइरहेको समयमा, सेभेन सिज सिनेमाले सांगीतिक क्षेत्रमा भविष्य खोजिरहेकाहरूका लागि एक उत्कृष्ट अफर लिएर आएको छ । अब दर्शक वा कुनै पनि नवोदित गायक–गायिकाले सिधै ठूलो पर्दामा आफ्नो आवाज गुञ्जाउन पाउने भएका छन् । निर्माण टिमले आफ्नो आगामी फिल्म ‘रोल नं १’ को टाइटल गीतका लागि सामाजिक सञ्जालमार्फत खुला गायन प्रतिस्पर्धाको घोषणा गरेको हो ।

यस प्रतिस्पर्धामा उमेरको कुनै पनि हदबन्दी राखिएको छैन । प्रतिभा भएका जो कोहीले पनि एक्लै वा समूहमा रहेर भिडियो बनाउन सक्नेछन् । सहभागीले सेभेन सिज सिनेमाको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको रोल नं १ को टाइटल गीत लाई आफ्नै स्वरमा गाउनुपर्नेछ । गीत गाउँदा आफ्नो छुट्टै मौलिक शैली थप्न पाइने स्वतन्त्रता निर्माण पक्षले दिएको छ । तर, गीतको मूल धुन भने प्रस्ट रूपमा चिनिने हुनुपर्नेछ ।

प्रतिस्पर्धामा सामेल हुनका लागि भिडियो प्राविधिक रूपमा पनि उत्कृष्ट हुनुपर्नेछ । भिडियो अनिवार्य रूपमा ठाडो आकार अर्थात् मोबाइल स्क्रिनमा पूर्ण रूपमा देखिने गरी खिचिएको हुनुपर्नेछ । भिडियोको लम्बाइ २ देखि ३ मिनेटसम्मको हुनुपर्छ भने स्पष्ट आवाज र आकर्षक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइनेछ । आफूले तयार पारेको उक्त भिडियोलाई इन्स्टाग्राम, टिकटक वा फेसबुकमा अपलोड गरेर प्रतिस्पर्धामा सहभागी हुन सकिनेछ ।

भिडियो पोस्ट गर्दा निर्माण कम्पनीलाई मेन्सन गर्दै @7SeasCinema लाई ट्याग गर्नुपर्नेछ । यस्तै क्याप्सनमा #RollNo1, #हरेकविधार्थीकोकथा, #Jestha15, र #RollNo1TitleSong अनिवार्य रुपमा लेख्नु पर्नेछ । विजेताको छनोट पारदर्शी रूपमा गर्नका लागि निर्माण टिमले स्पष्ट मापदण्ड तय गरेको छ । जसमा ५०% अङ्क फिल्मका संगीत निर्देशकबाट स्वरको मूल्याङ्कन गरिनेछ भने ३०% अङ्क भिडियो र प्रस्तुतिमा रहेको सिर्जनात्मकता हेरिनेछ ।

@parikalanewsofficial

यस्तै २०% अङ्क सामाजिक सञ्जालमा भिडियोले पाएको दर्शकको प्रतिक्रिया र इन्गेजमेन्टको आधारमा तय गरिनेछ । यस प्रतिस्पर्धाका विजेताले सिधै फिल्म ‘रोल नं १’ को टाइटल गीत गाउने अवसर प्राप्त गर्नेछन् । साथै, व्यावसायिक स्टुडियोमा गीत रेकर्ड गर्ने र फिल्मको पर्दामा आफ्नो नाम हेर्ने सपनासमेत पूरा हुनेछ । यस प्रतिस्पर्धाको अन्तिम नतिजा आगामी जेठ ०१ गते सार्वजनिक गरिनेछ । निर्माण पक्षका अनुसार, तोकिएका नियमहरूको पूर्ण रूपमा पालना नगर्ने प्रतिस्पर्धीलाई छनोट प्रक्रियामै समावेश गरिने छैन । त्यसैले, नियमहरूलाई ध्यानमा राखेर आजै भिडियो तयार गर्न आह्वान गरिएको छ ।

अगाडिकाे पाेस्ट

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने
कलिउड न्युज

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ११, २०८३ मा प्रकाशित
0

...

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का
कलिउड न्युज

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

✍ परिकला न्यूज
बैशाख ११, २०८३ मा प्रकाशित
0

...

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित
आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana