Monday, April 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

इटहरी/ ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’- समाजमा ‘इज्जत’को नाममा हुने बाध्यता र यथार्थलाई झल्काउने यस्तै मार्मिक संवादसहित प्रतीक्षित नेपाली फिल्म ‘मालती मंगले’को ट्रेलर सार्वजनिक भएको छ । यही वैशाख २५ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको यस फिल्मले ट्रेलरमार्फत पूर्ण पारिवारिक र सामाजिक कथाको उत्कृष्ट झलक दर्शकमाझ पस्किएको छ ।

ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा आयोजित एक विशेष समारोहबीच निर्माण पक्षले फिल्मको ट्रेलर रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा मुख्य पात्र मालती अर्थात् अभिनेत्री वर्षा राउत र मंगले अर्थात् अभिनेता विजय बराल बीचको प्रेम, उनीहरूको सम्बन्धमा आउने उतारचढाव र पारिवारिक खटपटलाई केन्द्रमा राखिएको छ ।

छोरा र छोरीबीच समाजले गर्ने विभेदकारी मानसिकतालाई फिल्मले प्रमुख विषय बनाएको छ । अभिनेता मेक्सम गौडेललाई ‘हरि’ नामक नेगेटिभ चरित्रमा प्रस्तुत गरिएको छ, जसले साथीभाइबीचको सुमधुर सम्बन्ध र त्यसमा आउने दरारलाई पर्दामा देखाउनेछन् । ट्रेलरमा यसअघि नै चर्चामा रहेका ‘झ्याम पारम’ र ‘सुनैको सपनी’ गीतका आकर्षक दृश्यहरू पनि समावेश गरिएका छन् । हेर्नुस् ट्रेलर ।

यो गीतहरू ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र ‘झ्याम पारम’ गीत तथा फिल्मको टिजर यसअघि नै दर्शकले रुचाई सकेका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै फिल्मका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवालीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्ममा विजय, वर्षा र मेक्समका अलावा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायतका कलाकारको दमदार अभिनय हेर्न पाइनेछ । फिल्मको कथा निर्देशक प्रकु पाण्डेय आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।

@parikalanewsofficial

कार्यकारी निर्माता सागर ज्ञवाली रहेको यस फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई प्राविधिक रूपमा पनि अब्बल बनाइएको छ । यसको छायाङ्कनमा महेश पौडेल, सम्पादन रोमी मोजेज, रङ्ग संयोजन कृष्ण भण्डारी, पार्श्व सङ्गीत सुजिल कर्माचार्य र ध्वनि मिश्रण डिकेश खड्गीको रहेका छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक
इभेन्ट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

✍ सुवास संकल्प
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु
कलिउड न्युज

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

✍ परिकला न्यूज
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

बैशाख १४, २०८३ मा प्रकाशित
बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बादी समुदायको कथामा ‘लालीबजार’, यसका लागि स्वस्तिमाले १० वर्षपछि दिइन् अडिसन

बैशाख १४, २०८३ मा प्रकाशित
‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १५, २०८३ मा प्रकाशित
‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

‘आई एम जित बहादुर’ पोष्टर: वर्षाको अनुहारमा निराशा, जितुको आँखामा आँसु

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

प्रियंकादेखि विजुसम्म: ३८० कलाकारको जम्बो टोली समेटिएको मेगा सिरिज ‘साहु बा’ युट्युवमा

बैशाख १४, २०८३ मा प्रकाशित
प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

प्रियंकाको ‘मास्टर्नी’ एकसाथ ८ भाषामा प्रदर्शन हुने, मुम्बईमा हुँदै पोस्ट प्रोडक्सन

बैशाख १४, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana