Tuesday, April 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज ३ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज ३ मा रिलिज हुने

इटहरी/ नेपाली फिल्म क्षेत्रमा दशैंको अवसर पारेर फिल्म रिलिज गर्ने होडबाजी नौलो होइन । यसपटक यही होडबाजी र सम्भावित ‘बक्स अफिस क्ल्यास’लाई बुद्धिमानीपूर्वक छल्दै बहुप्रतिक्षित फिल्म ‘झिँगेदाउ २’ ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ । सुरुवातमा दशैंको फूलपातीलाई लक्षित गरिएको यो फिल्म अब भने आगामी असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

मङ्गलबार निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ र सुरक्षित रिलिज मितिको औपचारिक घोषणा गरेको हो । पोस्टरमा चलचित्रका चार मुख्य अनुहारलाई विशेष ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माका साथमा अभिनेताद्वय महेश त्रिपाठी र कुशल विष्ट अटाएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार दशैंमा धेरै फिल्मको भीडभाड हुने देखिएपछि दर्शकले ढुक्कले फिल्म हेर्न पाऊन् भनेर असोज ३ को मिति रोजिएको हो ।

यो पोस्टरले दर्शकमाझ फिल्मको कथावस्तुलाई लिएर थप कौतूहल जगाउने निर्माण टोलीको विश्वास छ । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मको ‘स्टारकास्ट’ निकै बलियो छ । पोस्टरमा फिचर भएका चार कलाकार बाहेक फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम जस्ता अनुभवी कलाकारहरूको अभिनय रहेको छ ।

@parikalanewsofficial

त्यसैगरी विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतले पनी यो फिल्ममा अभिनय गरेका छन् । फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । अहिले धमाधम डबिङको चरणमा रहेको यस फिल्मको कथा निर्देशक ज्ञानेन्द्र देउजा स्वयंको हो भने पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार गरेका हुन् ।

यस्तै छायाङ्कन विष्णु घिमिरे ‘कल्पित’, सम्पादन मित्र डि गुरु, सङ्गीत अर्जुन पोखरेलले गरेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द र रामजी लामिछानेको नृत्य रहेको छ । दर्शकलाई नेपालका विभिन्न रमणीय स्थानहरूको दृश्य पस्कन निर्माण टोलीले देशका ११ भन्दा बढी लोकेसनमा छायांकन गरेको छ । काभ्रे, काठमाडौं, भक्तपुर, साँखुदेखि लिएर तनहुँको बन्दीपुर र देवघाट, दोलखा, मकवानपुरको चित्लाङ र पालुङ हुँदै चितवनसम्म पुगेर फिल्मको छायाङ्कन गरिएको हो ।

अगाडिकाे पाेस्ट

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

अर्काे पाेस्ट

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’
कलिउड न्युज

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’
कलिउड न्युज

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित
विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

विपिन कार्कीको अंगालोमा बाँधिएकी केकी अधिकारी: ‘काजी’को नयाँ पोस्टर

बैशाख १५, २०८३ मा प्रकाशित
नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

नेगेटिभ अवतारमा मेक्सम, मालती र मंगलेको प्रेममा कसरी आयो उतारचढाव ?

बैशाख १५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

बैशाख १६, २०८३ मा प्रकाशित
दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज ३ मा रिलिज हुने

दशैंको ‘भिडन्त’ छल्दै ‘झिँगेदाउ २’ असोज ३ मा रिलिज हुने

बैशाख १६, २०८३ मा प्रकाशित
लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

लालीबजार प्रकरण: अस्मिता बादी भन्छिन्, ‘सृजनालाई अदालत नपुर्‍याऔं’

बैशाख १६, २०८३ मा प्रकाशित
‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

‘एक मुठ्ठी बादल’मार्फत उदाउँदै अविरल: ५ वर्षको पर्खाइदेखि पहिलो हवाई यात्रासम्मको रोमाञ्चक कथा

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana