इटहरी/ नेपाली फिल्म ‘रङ्गी’ले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जमाउँदै जापानमा पनि प्रदर्शन हुने तय भएको छ । युएनए इन्टरटेनमेन्टले फिल्मको जापान वितरण अधिकार लिएको छ । यद्यपि, जापानमा प्रदर्शन मिति भने अझै खुलाइएको छैन । नेपालमा भने यो फिल्म फागुन २ गतेदेखि प्रदर्शनमा आउने पक्का भएको छ ।
सुरेश न्यौपानेको निर्देशनमा बनेको यो फिल्मले बाबु र छोरीको भावनात्मक कथा प्रस्तुत गर्नेछ । सलोन बस्नेतको डेब्यू निर्माण रहेको यस फिल्ममा बस्नेत पनि प्रमुख भुमिकामा छन् । उनीसंगै फिल्ममा नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीजस्ता कलाकारहरूको समेत अभिनय रहेको छ ।
पूर्व मिस नेपाल नम्रता श्रेष्ठले आफ्नो अभिनय यात्रा यही फिल्मबाट सुरु गरेकी हुन् । फिल्मको लेखन सुमन गजमेरले गरेका हुन् भने छायाङ्कन सौरभ लामाले गरेका छन् । संगीतका लागी भने यो फिल्ममा दुर्गेश थापा, आमेश भण्डारी, र भीम बिसी आवद्ध छन् । गायक आनन्द कार्की, समीक्षा अधिकारी र सुजाता केसी लगायतका चर्चित गायकगायिकाहरुले ‘रङ्गी’मा स्वर भरेका छन् ।












Discussion about this post