इटहरी/ यही वैशाख २५ गतेदेखि देशभरका फिल्म हलहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मालती मंगले’ले दर्शक मात्र होइन, राजनीतिक व्यक्तित्वलाई समेत प्रभावित बनाइरहेको छ । फिल्म हेरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गायक तथा निर्माता रामकृष्ण ढकालप्रति खुलेर प्रशंसा व्यक्त गरेका छन् ।
फिल्म हेरिसकेपछि आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले ढकाललाई ‘अमर नाम’ भएको व्यक्तित्वको रूपमा व्याख्या गरे । उनले यस्तो नाममाथि कसैले आलोचना वा आरोप लगाएर खुसी मिल्छ भने त्यसलाई स्वतन्त्र रूपमा लिनुपर्ने बताए । पछिल्लो समय जेनजी आन्दोलनका बेला नक्खुबाट रविलाई आफ्नो कारमा चढाएर लागिएको बारे बोलेपछि ढकाल आलोचित बनिरहेका छन् । रविले भने, ‘रामकृष्ण ढकाल अमर नाम हो । यस्तो नाममा हिलो छ्यापेर कसैलाई खुसी मिल्छ भने खुसी हुन दिनुस्’ ।

उनले ढकालको व्यक्तित्व क्षणिक आलोचनाले प्रभावित नहुने स्पष्ट पार्दै थपे, ‘उहाँ एक घामले सुक्ने तलाव होइनन्,’ जसले उनको दीर्घकालीन योगदान र स्थायित्वलाई संकेत गर्छ । साथै, उनले ‘मालती मंगले’को पनि खुलेर प्रशंसा गर्दै फिल्म राम्रो बनेको उल्लेख गरे । दर्शकलाई फिल्म हेर्न आग्रह गर्दै उनले भने, “फिल्म राम्रो छ, मजाले हेर्नुस् ।’ लामिछानेको यो अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसको चर्चा बढेको छ, जहाँ धेरैले फिल्म र रामकृष्ण ढकालप्रति सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।
@parikalanewsofficial


















Discussion about this post