Thursday, April 30, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

इटहरी/ नवविवाहित जोडीको रूपमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको आकर्षक केमेस्ट्री प्रस्तुत गर्दै आगामी फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण टोलीले फिल्मको कथासार बुझाउने ‘वारि बर पारि पीपलु’ बोलको गीत रिलिज गरेको हो ।

चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको यस गीतमा नेपाल आइडलका दुई विजेताहरू करण परियार र गंगा सोनामले स्वर दिएका छन् । यसै गीत मार्फत गायिका गंगा सोनामले नेपाली फिल्मको पार्श्व गायनमा आफ्नो शानदार डेब्यु गरेकी छन् । गीतले रिलिजसँगै दर्शकहरूमा फिल्मप्रति उत्सुकता बढाएको छ । कविराज गहतराजको उत्कृष्ट कोरियोग्राफी रहेको यस गीतको भिडियोले श्रीमान्-श्रीमतीबीचको गाढा प्रेमकथा देखाउँछ । हेर्नुस् भिडियो ।

भिडियोमा विपीन र केकीलाई गाउँले नवविवाहित दम्पतीको रूपमा देखाइएको छ, जहाँ उनीहरूको प्रेमिल दैनिकी, बिहानको पूजापाठदेखि लिएर खेतबारीमा सँगै काम गरेको दृश्यलाई निकै कलात्मक ढंगले समेटिएको छ । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । निर्माण पक्षका अनुसार ‘काजी’ विशुद्ध एक भावनात्मक र सामाजिक कथामा आधारित फिल्म हो ।

यसले मानवीय सम्बन्ध, माया, पारिवारिक पीडा र जिम्मेवारीका विभिन्न गहिरा पाटाहरूलाई पर्दामा उतार्ने प्रयास गरेको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । फिल्ममा मुख्य कलाकारको रुपमा विपीन कार्की, केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी र नवराज गिरीले अभिनय गरेका छन् ।

@parikalanewsofficial

यस्तै बाल कलाकार दिक्षिता अर्याल, आरव बराल र सुपला सापकोटाको पनि अभिनय देख्न सकिन्छ । फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने छायांकन चिन्तन राजभण्डारीको रहेको छ । सम्पादन विपीन मल्ल, सम्पादन सुपरभाइजर बनिश शाह रहेका छन् । फिल्मको कार्यकारी निर्माता असिम काफ्ले हुन् भने निर्माताको रूपमा रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी रहेका छन् ।

अगाडिकाे पाेस्ट

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

अर्काे पाेस्ट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु
कलिउड न्युज

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित
तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana