Sunday, May 10, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पल शाह र समीक्षा अधिकारीले एकै स्टेजमा थापे अवार्ड

✍ परिकला न्यूज
चैत्र २, २०८० मा प्रकाशित
पल शाह र समीक्षा अधिकारीले एकै स्टेजमा थापे अवार्ड

इटहरी / काठमाडौंमा १४ औं विन्ध्यवासिनी म्युजिक अवार्ड बिहीबार सम्पन्न भएको छ । अवार्ड प्रदान कार्यक्रममा नायक पल शाह र गायिका समिक्षा अधिकारीले एकै स्टेजमा अवार्ड थापेका छन्। ३१ विधामा प्रदान गरिएको “१४औ विन्ध्यवासिनी म्युजिक अवार्डमा नायक पल शाहले ” तिमि र म जाम माया” गीत बाट अवार्ड पाएका थिए भने गायिका समिक्षा अधिकारीले लोक तथा दोहोरी गायनमा जुरि अवार्ड पाएकि थिइन् ।

गायिका समीक्षा अधिकारीले नबोली नबोली बोलको गीत प्रस्तुत गर्दा नायक पल शाह र एलिना रायमाझी काजिश श्रेष्ठ, मौसम हिमाली, विजय पुनलगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दा दर्शक निकै रमाएका थिए।

समारोहमा नेपालकै पहिलो क्याब्रे गीतकी ख्यातिप्राप्त गायिका मिरा राणालाई एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मान गरिएको छ। त्यस्तै, संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपिाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरिएको छ। पूर्व मिस नेपाल सुगरीका केसीद्धारा सञ्चालित कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी श्रष्टा सम्मानबाट सम्मान गरिएको छ।

विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गायिका मिरा राणाको सम्मानमा गायिका बेनिसा पौडेलले उनीद्वारा स्वरबद्ध मखमली चोली चाहिँदैन बोलको गीत गाएकी थिइन्। त्यस्तै सम्मानित संगितकार भूपेन्द्र रायमाझीको सम्मानमा गायक सुमनकुमार श्रेष्ठले बिरही माया र फूल भए जिन्दगी बोलको गीत प्रस्तुत गरेर दर्शकलाई भावुक तुल्याएका थिए। कार्यक्रममा सम्मानित गायक रुपक डोटेलले आफ्नै गीत सपनी राम्रो देख्दिनँ, मेरो बोली सुन्दा, ए माइली, चोखो माया लाकै हो, मुस्कानमा अल्झिए कि, वनकी चरीजस्ता गीत गाएर मनोरञ्जन दिलाएका थिए। त्यसैगरी अर्का सम्मानित गायक राजु परियारले आफ्नो लोकप्र्रिय सामाजिक जागरणको गीत सुनपानीले छर्क मायालु गाएर माहोललाई भावुक बनाएका थिए। त्यस्तै गायक शिरिष देवकोटा र देवी घर्ती सुनीता बुढा क्षेत्रीले बैना हजुर, नजरैको भर, म त आउने थिइनजस्ता गीत प्रस्तुत गरेर कार्यक्रमको माहोल तताएका थिए ।

समारोहमा सुगम संगीततर्फ गायक गायिकाको अवार्ड निशान भट्टराई र काव्या आचार्यले, संगीतकारको अवार्ड बिबी अनुरागीले, गीतकारको अवार्ड सत्यराज चौलागाईंले, संगीत संयोजकको अवार्ड सुदीप सागरले हाँसिल गरे भने उत्कृष्ट गीतको अवार्ड विष्णु भण्डारीलाई प्रदान गरियो ।

अवार्डको आयोजक संस्था विन्ध्यवासिनी फाउण्डेशनकी अध्यक्ष लिना शर्मा रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा मनीष गन्धर्व र उनको सारंगी स्कुलका विद्यार्थीले सारंगीमार्फत विभिन्न धुन प्रस्ुतत गरेका थिए। समारोहमा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीलाई प्रदान गरिएको थियो।

अगाडिकाे पाेस्ट

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

अर्काे पाेस्ट

फिल्म ‘सुगुप’ को शनिबार इटहरीमा पुनः विशेष शो गरिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स
कलिउड न्युज

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर
कलिउड न्युज

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

✍ सुवास संकल्प
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

बैशाख १६, २०८३ मा प्रकाशित
माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

बैशाख २६, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana