Sunday, May 10, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘सुगुप’ को शनिबार इटहरीमा पुनः विशेष शो गरिने

✍ परिकला न्यूज
चैत्र २, २०८० मा प्रकाशित

इटहरी/ लिम्बु संस्कारमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक फिल्म ‘सुगुप’को इटहरीमा पुनः ‘विशेष शो’ आयोजना गरिने भएको छ । फिल्म यो शनिबार दिनको १२ बजेदेखि प्रदर्शन गरिने प्रस्तुतकर्ता तथा निर्माता रबिन कुमार नाल्बोले बताए । केहिदिन अघि यो फिल्मको इलाईट सिनेमा हलमा विशेष शो आयोजना गरिएको थियो । सो बेला फिल्मले दर्शकको निकै राम्रो प्रतिक्रिया पाएको थियोे भने दर्शकको बाक्लो उपस्थितिका कारण हल खचाखच थियो । त्यसैले सिट नपाएपछी धेरैजना फिल्म नहेरी फर्किनु परेको गुनासो आएपछि पुनः प्रदर्शन गर्न लागिएको हो ।

यो लिम्बू भाषिक चलचित्र हो लिम्बू भाषामा निर्माण भएको चलचित्र भएतापनि बुझ्न भने गाह्रो छैन । सजिलोको लागि यस फिल्ममा नेपाली र अङ्ग्रेजी भाषामा सबटाइटल समेत दिईएको छ । लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी दिए ।`सुगुप´मा लिम्बू संस्कृति रितिरिवाजलाई निर्माताहरुले रचनात्मक ढंगले प्रस्तुत गरेका छन् ।

फिल्ममा चेतनाको अभावले गर्दा ग्रामीण भेगका महिलाहरुले भोग्ने समस्याहरुलाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ भने यस चलचित्रले अहिलेको पुस्ता र समाजलाई केही समेत दिन्छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्मलाई निर्देशक लोकेन साँवाले निर्देशन गरेका हुन् । देबेन्द्र खापुङको पटकथा रहेको ‘सुगुप’को रबिन कुमार नाल्बो प्रमुख निर्माता हुन् भने दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्मातासंगै एल पि साँवा, मनिसा नाल्बो, श्री प्रसाद माबो र राम प्रसाद पंधाक सह-निर्माताको रुपमा रहेका छन् ।

यो फिल्मको पहिलो ‘विशेष शो’ हङकङमा भब्य आयोजना भएको थियो भने नेपालको काठमाडौ, बिराटनगर, धरान, इटहरी लगायत ठाँउमा पनि भब्य प्रदर्शनी भैसकेको छ । यस्तै यो फिल्मको आगामी वर्ष २०८१ सालको बैशाखमा कोशी प्रदेशको विभिन्न ठाउमा विशेष शो प्रदर्शनीको सेड्युल सार्वजनिक गरेको छ । २०८१ साल बैशाख १ गते मेचिनगर झापाको इटाभट्टामा दिनको २ बजे, बैशाख १५ गते दमकको डि म्याक्स सिनेमा हलमा बिहान ११ बजे, बैशाख १८ गते विर्तामोडमा दिउँसो २ बजे, बैशाख २२ गते शनिबार भद्रपुर झापामा रहेको वानस्टफ क्युएफेक्स बिहान १० बजे, बैशाख २९ गते भद्रपुर सिनेमा हल भद्रपुरमा दिनको २ बजे विशेष शो प्रदर्शनी हुँदैछ ।

यो फिल्ममा वरिष्ठ कलाकार प्रेम सुब्बा, यासेली योङहाङ, फुलन्देको बाउ उपनामले परिचीत मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

पल शाह र समीक्षा अधिकारीले एकै स्टेजमा थापे अवार्ड

अर्काे पाेस्ट

सिनेमा संवादमा कला,सस्कृति र जीवनलाई जोड्ने माध्यम बनेको ओलीको भनाई

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै
कलिउड न्युज

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

✍ परिकला न्यूज
बैशाख २६, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

बैशाख २६, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana