Sunday, May 10, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

✍ परिकला न्यूज
बैशाख २६, २०८३ मा प्रकाशित
‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

इटहरी/ वर्तमान शैक्षिक प्रणाली र यसले बालमनोविज्ञानमा पार्ने प्रभावको कथा बोकेको प्रतिक्षित नेपाली फिल्म ‘रोल नं १’को दोश्रो सांगीतिक कोसेली सार्वजनिक भएको छ । यसअघि फिल्मको टाइटल गीत सार्वजनिक गरिएको थियो । निर्माण पक्षले शुक्रबार फिल्ममा समावेश ‘म्याग्दी रुमाले’ बोलको उत्कृष्ट लोकलयको गीत सार्वजनिक गरेको हो । आगामी जेठ १५ गते देखि नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको यस फिल्मले सांगीतिक रिलिजसँगै आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ ।

सुष्मा सिग्देलको शब्दरचना रहेको यस गीतमा प्रशान्त शिवाकोटी र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा संगीत भर्ने काम पनि गायक शिवाकोटी स्वयंले गरेका हुन् । मुख्य गायक-गायिकालाई सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले गायनमा साथ दिएका छन् । गीतले एक युवाले आफूलाई मन परेकी युवतीलाई राखेको प्रेम प्रस्ताव र त्यसमा युवतीले फर्काएको रोचक जवाफलाई प्रस्तुत गरेको छ । हेर्नुस् भिडियो ।

जीवन सँगै बिताउने युवाको प्रस्तावमा हतार नगर्न र पारिवारिक अवस्था बुझ्न युवतीले गरेको आग्रहलाई कलात्मक ढंगले सवाल–जवाफ शैलीमा उतारिएको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा अभिनेता विनोद न्यौपाने र जुना विश्वकर्मालगायतका कलाकारको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।

महेश दवाडीको कथा लेखन तथा जोन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’ ले आजको शिक्षा प्रणालीले बालबालिकाको मनोविज्ञान र उनीहरूको समग्र जिन्दगीमा पार्ने सकारात्मक तथा नकारात्मक असरलाई पर्दामा उतार्ने प्रयास गरेको छ । यो फिल्ममा मुख्य कलाकारका रुपमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी रहेका छन् भने बाल कलाकारको रुपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।

@parikalanewsofficial

हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो फिल्म प्राविधिक रूपमा पनि निकै मजबुत रहेको निर्माण पक्षको दाबी छ । फिल्मको निर्माता विनोद पौडेल र जान्वी पौडेल रहेका छन् भने सह निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । शिवराम श्रेष्ठ छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत रहेको फिल्ममा कला संग्रौला डिजाइनर रहेका छन् । रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरणको जिम्मा लिएको यो फिल्मलाई लिएर दर्शक तथा फिल्मकर्मीमाझ निकै चासो बढेको छ ।

अगाडिकाे पाेस्ट

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

बैशाख २६, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana