Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

एजेन्सी/ इन्टरनेटको दुनियाँमा रातारात स्टार बनेकी महाकुम्भकी ‘भाइरल गर्ल’ अर्थात् मोनालिसाको जीवनले एउटा गम्भीर र विवादास्पद मोड लिएको छ । एक महिनाअघि मात्र मुस्लिम युवासँग अन्तरधार्मिक विवाह गरेर चर्चाको शिखरमा पुगेकी उनी अहिले उमेर विवाद, फर्जी कागजात र गम्भीर कानुनी झमेलाको केन्द्रविन्दु बनेकी छिन् । मध्य प्रदेशको खरगोन प्रहरीले अनुसन्धानपछि मोनालिसा नाबालिग रहेको ठहर गर्दै उनका पति फरमानविरुद्ध पोक्सो लगायतका गम्भीर अपराधमा मुद्दा दर्ता गरेको छ ।

राष्ट्रिय अनुसूचित जनजाति आयोगले प्राप्त गरेको सरकारी अस्पतालको आधिकारिक रेकर्डअनुसार मोनालिसाको जन्म ३० डिसेम्बर २००९ मा भएको हो । यस आधारमा गत मार्च ११ मा विवाह गर्दा उनको उमेर जम्मा १६ वर्ष, २ महिना र १२ दिन मात्र थियो । तर, कानुनी कारबाहीबाट बच्न उमेर बढाएर फर्जी जन्म दर्ता बनाइएको अनुसन्धानबाट खुलेको छ । केरलाको नैनार देव मन्दिरमा विवाह सम्पन्न गर्दा दम्पतीको आधार कार्डमा उल्लेखित उमेरलाई आधार मानिएको थियो । पछि ग्राम पञ्चायतमा विवाह दर्ता गर्दा महेश्वर नगरपालिकाबाट जारी गरिएको नक्कली जन्म दर्ता पेश गरिएको थियो, जसमा जन्ममिति १ जनवरी २००८ अर्थात् वास्तविकभन्दा करिब दुई वर्ष अघि उल्लेख थियो ।

आयोगले उक्त फर्जी कागजात तत्काल खारेज गर्न स्थानीय अधिकारीहरूलाई कडा निर्देशन दिइसकेको छ । नाबालिगसँग विवाह गरेको पुष्टि भएपछि प्रहरीले पति फरमानविरुद्ध कडा कानुनी डण्डा चलाएको छ । उनीमाथि पोक्सो सहित भारतीय न्याय संहिता अन्तर्गत आपराधिक षड्यन्त्र र गैरकानुनी विवाहको मुद्धा चलेको छ भने अनुसूचित जाति तथा अनुसूचित जनजाति (अत्याचार निवारण) ऐन अन्तर्गत पनि मुद्धा चलाइएको छ ।

@parikalanewsofficial


यस प्रकरणलाई सामान्य कानुनी अपराधको रूपमा मात्र हेरिएको छैन । मार्च १७ मा आयोगसमक्ष यो विषय प्रस्तुत गरेका अधिवक्ता प्रथम दुबेले यसमा ठूलो राजनीतिक तथा साम्प्रदायिक षड्यन्त्र लुकेको दाबी गरेका छन् । उनका अनुसार यो विवाहलाई “लभ जिहाद” को विरुद्धमा एउटा काउन्टर-न्यारेटिभ निर्माण गर्ने सुनियोजित योजनाको हिस्सा बनाइएको थियो । यस कार्यलाई सफल बनाउन केरलाका सीपीआई नेताहरू र पपुलर फ्रन्ट अफ इन्डियाका सदस्यहरूको प्रत्यक्ष संलग्नता रहेको गम्भीर आरोप लगाइएको छ ।

घटनाको संवेदनशीलता र राजनीतिक दाउपेचको आशंकालाई मध्यनजर गर्दै राष्ट्रिय अनुसूचित जनजाति आयोगले कडा कदम चालेको छ । आयोगले केरला र मध्य प्रदेश दुवै राज्यका प्रहरी महानिर्देशक हरूलाई आगामी अप्रिल २२ मा नयाँ दिल्लीस्थित मुख्यालयमा उपस्थित हुन समन जारी गरेको छ । साथै, अनुसन्धान टुंगोमा नलागेसम्म हरेक तीन दिनमा दुवै राज्यबाट प्रगति विवरण बुझाउन निर्देशन दिइएको छ ।

सन् २०२५ को प्रयागराज महाकुम्भमा त्रिवेणी संगम किनारमा रुद्राक्ष बेचिरहेकी एक किशोरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । आफ्नो सुन्दरताका कारण रातारात ‘कुम्भ ब्युटी’ बनेकी मोनालिसालाई मिडिया, इन्फ्लुएन्सर र मोडलिङका अफरहरूले घेरे । यसै क्रममा एक फिल्मको छायाङ्कनका दौरान उनको भेट फरमान खानसँग भयो । फरमानका अनुसार उनीहरू ६ महिना प्रेम सम्बन्धमा रहे र गत मार्च ११ मा केरलाको अरुमनूर श्री नैनार देव मन्दिरमा नाटकीय रूपमा अन्तरधार्मिक विवाह गरेका थिए । एक महिनाअघि ‘रियल केरला स्टोरी’ भन्दै भाइरल भएको यो प्रेमकथा अहिले गम्भीर कानुनी अनुसन्धानको घेरामा फसेको छ ।

अगाडिकाे पाेस्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

अर्काे पाेस्ट

निर्देशक तुलसी घिमिरेलाई १३ वर्ष पुरानो फाइल ब्युँताउँदै सरकारले मानार्थ नागरिकता दिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
कलिउड न्युज

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत
कलिउड न्युज

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

मंसिर १२, २०८२ मा प्रकाशित
नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

जेष्ठ १८, २०८२ मा प्रकाशित
जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जेष्ठ १८, २०८२ मा प्रकाशित
भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

बैशाख १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana