Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

✍ परिकला न्यूज
मंसिर १२, २०८२ मा प्रकाशित
बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

एजेन्सी/ लामो समयको प्रतीक्षापछि बलिउडका चर्चित निर्देशक आनन्द एल. रायको बहुप्रतिक्षित फिल्म ‘तेरे इश्क मेँ’ भोलि शुक्रबार देखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने भएको छ । ‘राञ्जना’ जस्तो कल्ट क्लासिक फिल्म पस्किएका निर्देशक राय र अभिनेता धनुषको तेस्रो सहकार्य भएकाले दर्शकमाझ यस फिल्मलाई लिएर ठूलो उत्साह देखिएको छ ।

शुक्रबारको रिलिजलाई लक्षित गर्दै नेपालका अधिकांश मल्टिप्लेक्स तथा सिंगल थिएटरहरूले आज बिहीबार देखि नै अग्रिम बुकिङ खुला गरेका छन् । काठमाण्डौका क्युएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका प्रमुख हलहरूमा फिल्मका शोहरू सार्वजनिक भइसकेका छन् । वितरकहरूका अनुसार, बुकिङ खुल्नासाथ दर्शकको राम्रो प्रतिक्रिया देखिएको छ, जसले बक्स अफिसमा फिल्मको बलियो ओपनिङको संकेत गरेको छ ।

सन् २०१३ मा आएको सुपरहिट फिल्म ‘राञ्जना’ को संसारसँग मेल खाने तर बिल्कुलै फरक कथा बोकेको यस फिल्ममा अभिनेता धनुष र अभिनेत्री कृति सेनन मुख्य भूमिकामा छन् । निर्देशक रायका अनुसार, यो फिल्म प्रेमको मात्र नभई इर्श्या, पीडा र भावनात्मक द्वन्द्वको गहिरो कथा हो । फिल्मको संगीत ओस्कार विजेता ए.आर. रहमानले तयार पारेका छन्, जसका गीतहरू रिलिज पूर्व नै चर्चित भइसकेका छन् ।

@parikalanewsofficial


फिल्मलाई टी–सिरीज र कलर यलो प्रोडक्सनको ब्यानरमा भूषण कुमार, आनन्द एल. राय, हिमांशु शर्मा र कृशन कुमारले संयुक्त रूपमा निर्माण गरेका हुन् । यो फिल्म हिन्दीका साथै तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ । यसअघि यही टिमले बनाएको ‘राञ्जना’ र ‘अतरंगी रे’ जस्ता फिल्महरूले समिक्षक र दर्शक दुवैको मन जितेका थिए । यस फिल्मले नेपालमा बलिउड फिल्मको बजारलाई पुनः तताउने अपेक्षा गरिएको छ । प्रेम र विछोडको कथा पस्कने यो फिल्मलाई दर्शकले कति रुचाउने छन्, त्यो भने शुक्रबारको पहिलो शो पछि नै थाहा हुनेछ ।

अगाडिकाे पाेस्ट

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

अर्काे पाेस्ट

मामा शिव रेग्मीको विरासत थाम्दै भान्जी एकता: ‘हर्ष’को भव्य प्रिमियर सम्पन्न

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
कलिउड न्युज

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत
कलिउड न्युज

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

चैत्र २९, २०८२ मा प्रकाशित
नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

जेष्ठ १८, २०८२ मा प्रकाशित
जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जेष्ठ १८, २०८२ मा प्रकाशित
भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

बैशाख १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana