Wednesday, March 11, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

✍ परिकला न्यूज
मंसिर १२, २०८२ मा प्रकाशित
अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

इटहरी/ अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्थाबाट उच्च शिक्षा हासिल गरेपछि धेरैजसो युवायुवतीको रोजाइ विदेशमै सेटल हुने वा कर्पोरेट जागिर खाने हुन्छ । तर, मोरङकी बिनिता कार्कीले भने अलिक फरक बाटो रोजिन् । ग्ल्यामर र कलाको मोहले उनलाई नेपाली फिल्म उद्योगमा तानेर ल्यायो । खोटाङमा जन्मिएर मोरङको पथरीशनिश्चरेमा हुर्किएकी २६ वर्षीया बिनिता यतिबेला फिल्म ‘पिआर’ मार्फत नेपाली फिल्म उद्योगमा दरिलो उपस्थिती जनाउने तरखरमा छिन् ।

२६ वर्षअघि खोटाङको पहाडी जिल्लामा जन्मिएकी बिनिताको बाल्यकाल र किशोरावस्था मोरङको पथरीमा बित्यो । उनले आफ्नो प्रारम्भिक शिक्षा पथरीकै ‘श्री केबी मेमोरियल अंग्रेजी बोर्डिङ स्कूल’ बाट पूरा गरिन् । विद्यालय तहपछि उच्च शिक्षाको खोजीमा काठमाडौं आएकी उनले ललितपुरको हात्तीवनस्थित ‘आईजे पायोनियर कलेज’ बाट प्लस–टु उत्तीर्ण गरिन् ।

त्यसपछिको उनको शैक्षिक यात्रा भने सात समुद्रपारि जोडियो । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेकी उनले ‘न्यु एजुकेशन सिड्नी’ बाट स्नातक तह सफलतापूर्वक सम्पन्न गरिन् । यद्यपि, विदेशको डिग्री र सुखद जीवनशैलीले पनि उनभित्रको कलालाई मार्न सकेन । ५.७ फिट अग्लो कद र क्यामरा सुहाउँदो व्यक्तित्वकी धनी बिनिता सुरुवाती दिनमा मोडेलिङमार्फत दर्शकको नजरमा परिन् ।

@parikalanewsofficial

र्‍याम्प र फोटोसुटमा देखिएको उनको आत्मविश्वासले उनलाई ठूलो पर्दासम्म डोहोर्‍यायो । अन्ततः उनले फिल्म ‘पिआर’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गर्ने तयारीमा छिन् । पहिलो फिल्ममै उनले देखाएको गहकिलो अभिनयले उनी लामो रेसको घोडा बन्न सक्ने संकेत गरेको छ । पर्दामा ग्ल्यामरस देखिए पनि वास्तविक जीवनमा बिनिता अनुशासित र संस्कारयुक्त छिन् । हिन्दू परम्परामा हुर्किएकी उनी आधुनिक विचार र परम्परागत मूल्यमान्यताबीच सन्तुलन मिलाउन सिपालु छिन् । फुर्सदको समयमा उनी आफूलाई सिर्जनात्मक काममा व्यस्त राख्छिन् ।

नयाँ-नयाँ ठाउँको यात्रा गर्ने, भान्सामा विभिन्न परिकार पकाउने र सपिङ गर्ने उनको सोख हो । लक्ष्यप्रति केन्द्रित र मेहनती स्वभावकै कारण उनले छोटो समयमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकी छिन् । शैक्षिक योग्यता र कलाको सुन्दर संयोजन बनेकी बिनिता कार्कीले फिल्म र मोडेलिङ दुवै क्षेत्रमा आफूलाई निरन्तर निखारिरहेकी छिन् । उनको यो लगनशीलताले भविष्यमा नेपाली दर्शकले एक सशक्त र प्रभावशाली अभिनेत्री पाउने निश्चितप्रायः छ ।

अगाडिकाे पाेस्ट

‘गर्ल नेक्स्ट डोर’को छवि बदल्दै वर्षा, ‘हर्ष’ले दिनेछ खुशीको आँसु

अर्काे पाेस्ट

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा
कलिउड न्युज

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु
कलिउड न्युज

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

✍ परिकला न्यूज
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

...

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

फाल्गुन २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

पानी ल्याउन ढिला हुँदा प्रकाश र सुहानाको झगडा, छुट्याउन पुगेका सौगात नै परे फसादमा

फाल्गुन २६, २०८२ मा प्रकाशित
३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

३ पूर्व मिस नेपाल र दिग्गज कलाकारका साथ ‘माया भनेकै यस्तो होला’को सुटिङ सुरु

फाल्गुन २६, २०८२ मा प्रकाशित
निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

फाल्गुन २५, २०८२ मा प्रकाशित
चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

फाल्गुन २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana