Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘गर्ल नेक्स्ट डोर’को छवि बदल्दै वर्षा, ‘हर्ष’ले दिनेछ खुशीको आँसु

✍ परिकला न्यूज
मंसिर ११, २०८२ मा प्रकाशित
‘गर्ल नेक्स्ट डोर’को छवि बदल्दै वर्षा, ‘हर्ष’ले दिनेछ खुशीको आँसु

इटहरी/ नेपाली फिल्म क्षेत्रमा ‘नाइँ नभन्नू ल ४’ मार्फत पाइला टेकेकी अभिनेत्री वर्षा राउतले आफ्नो अभिनय यात्राको एक दशक पूरा गर्दैछिन् । प्राय: ‘गर्ल नेक्स्ट डोर’ र मल्टिस्टार फिल्मको भीडमा रमेकी वर्षा, यसपटक भने आफ्नो करियरको १०औँ वर्षमा आइपुग्दा नितान्त फरक र गम्भीर जिम्मेवारीका साथ दर्शकमाझ आउँदै छिन् ।

नव-निर्देशक एकता पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘हर्ष’ मा वर्षा केन्द्रीय भूमिकामा देखिँदै छिन्, जहाँ उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी एक बुहारीको कथा व्यथालाई पर्दामा उतारेकी छिन् । विगतमा ‘ऐँचो पैँचो’ लगायतका फिल्मबाट अभिनयको प्रशंसा बटुलिसकेकी वर्षा यसपटक भने अलि बढी सचेत छिन् । सहायक वा साझा भूमिकाभन्दा माथि उठेर फिल्मको पूर्ण भार आफ्नो काँधमा आएपछि दर्शकको मूल्यांकन अझ कडा हुने उनको बुझाइ छ ।

“केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ । वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला फिल्मभन्दा कत्तिको सुधार गरिन् भनेर दर्शकले विचार गर्नुहुनेछ भन्ने अपेक्षा राखेकी छु,” वर्षाले भनिन् । विवाहित अभिनेत्री भएकाले वर्षालाई प्राय: अन्तर्वार्ताहरूमा सन्तान र परिवारको विषयमा सोधिने गरिन्छ । तर, ‘हर्ष’को पात्र आफ्नो वास्तविक जीवनभन्दा बिलकुलै फरक रहेको उनले स्पष्ट पारिन् । निर्देशकले खोजेको ‘इसेन्स’लाई समातेर आफूलाई पात्रमा ढालेको उनको भनाइ छ ।

@parikalanewsofficial

“मैले एउटा पात्र निर्वाह गरेकी हुँ । सन्तान हुँदा वा नहुँदा त्यो पात्रले कस्तो भोगाइ भोग्छ भन्ने कुरा फिल्ममा देखिन्छ, यसमा मेरो व्यक्तिगत जीवन मिसिएको छैन,” उनले प्रष्ट्याइन् । पछिल्लो समय बक्स अफिसमा पारिवारिक कथावस्तुमा आधारित फिल्मले राम्रो व्यापार गरिरहेका छन् । यही लहरमा आउन लागेको ‘हर्ष’ले दर्शकलाई निराश बनाउने आँसु नभई ‘खुशीको आँसु’ दिने वर्षाको दाबी छ ।

ट्रेलर हेरेर दर्शकले यसलाई केवल दुखान्त फिल्म ठानेको हुन सक्ने भन्दै उनले भनिन्, “यसले आँसु त झारिदिन्छ, तर हर्षका । हाम्रो फिल्मले हर्षित पार्दै रुवाउनेछ र दर्शकले आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ ।” यस फिल्ममा वर्षाले अभिनेता/लेखक खगेन्द्र लामिछानेसँग जोडी बाँधेकी छिन् । लामिछाने र राउतको यो ‘फ्रेस जोडी’लाई दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी देखिएको छ । पारिवारिक संवेदना बोकेको यो फिल्म यही मंसिर १२ गते देखि देशभर प्रदर्शनमा आउँदैछ ।

अगाडिकाे पाेस्ट

हामीले एक-अर्कामा प्रेम भेट्टायौँ, मेरो खुसीको मजाक नउडाऊ – साम्राज्ञी

अर्काे पाेस्ट

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana