Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

इटहरी/ नेपाली फिल्म उद्योगमा फिल्म साइन गर्दा कागजमा मसीले हस्ताक्षर गर्ने सामान्य परम्परा छ । तर, अभिनेता पुष्प खड्काले भने प्रतीक्षित फिल्म ‘महाराजधिराज’ का लागि आफ्नै औंला काटेर रगतको औंठाछाप लगाएका छन् । नयाँ वर्षको अवसर पारेर निर्माण पक्षले पुष्पलाई फिल्ममा मुख्य भूमिकामा अनुबन्ध मात्र गरेको छैन, उनको यो चरम समर्पण र रहस्यमयी ‘फर्स्ट लुक’ सार्वजनिक गर्दै दर्शकमाझ ठूलो तरङ्ग ल्याइदिएको छ ।

निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरले थ्रिलर र पिरियड ड्रामाको गहिरो सङ्केत गर्छ । पोस्टरमा पुष्पलाई दुई नितान्त फरक र विपरित अवस्थामा प्रस्तुत गरिएको छ । एकातिर उनी शिरमा श्रीपेच, हातमा राजदण्ड र शाही पोसाकमा सजिएर ‘महाराज’को गरिमामा उभिएका छन् । त्यसैको ठीक अगाडि एउटा पुरानो ‘भिन्जेट’ कुर्सीमा उनी पूर्ण नग्न, शारीरिक रूपमा अत्यन्त दुब्लो र कमजोर अवस्थामा बसेका छन् । यी दुई दृश्यले पात्रको जीवनमा आउने अकल्पनीय उतारचढावलाई दर्साउँछ ।

यसै सन्दर्भलाई जोड्दै निर्माण टिमले गहिरो अर्थ बोकेको स्लोगन समेत सार्वजनिक गरेको छ । “सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।” पुष्पले यस भूमिकालाई आफ्नो अभिनय यात्राको सबैभन्दा ठूलो चुनौती र अवसरका रूपमा लिएका छन् । फिल्मको चरित्रमा पूर्ण रूपमा डुब्नकै लागि उनले सुटिङ नसकिँदासम्म अन्य कुनै पनि फिल्म वा म्युजिक भिडियो नखेल्ने घोषणा गरेका छन् ।

@parikalanewsofficial

यति मात्र होइन, उनी टिकटक, इन्स्टाग्राम र युट्युब जस्ता कुनै पनि सामाजिक सञ्जालका दृश्य सामग्रीमा समेत देखिने छैनन् । समीक्षकबाट रुचाइएको फिल्म ‘प्रेमगञ्ज’का निर्देशक परिक्षद सेनको यो ‘ड्रिम प्रोजेक्ट’मा कलाकारहरूको ठूलो टिम छ । प्रस्तुतकर्ता विराज विष्टका अनुसार अभिनयमा अब्बल मानिएका अग्रज र नयाँ पुस्ताको सशक्त मिश्रण यस फिल्ममा हेर्न पाइनेछ । फिल्ममा पुष्प खड्का, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल प्रमुख भूमिकामा छन् ।

यसका अतिरिक्त अन्य ८० जना कलाकारहरूले स्क्रिन सेयर गर्नेछन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको कथा निर्देशक सेन स्वयंले लेखेका हुन् । यही वैशाखको दोस्रो सातापछि छायांकन सुरु गरिने तयारीमा रहेको यो फिल्म सुनसरीको श्रीलंका टापुबाट सुरु भई काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरू सुटिङ गरिनेछ । नवराज थापाले छायांकन गर्ने फिल्मका निर्माताहरुमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् । फिल्मलाई आगामी बडादशैंको फूलपातीमा रिलिज गर्ने योजना निर्माण टिमको छ ।

अगाडिकाे पाेस्ट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

अर्काे पाेस्ट

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana