इटहरी/ नेपाली फिल्म क्षेत्रका सशक्त अभिनेता प्रमोद अग्रहरीले अन्तर्राष्ट्रिय फिल्म बजारमा फड्को मारेका छन् । आफ्नो भर्सटाइल अभिनयका कारण परिचित अग्रहरीले बंगलादेशी फिल्म क्षेत्र डलिउडमा डेब्यु गरेका छन् । उनको मुख्य भूमिका रहेको बहुप्रतिक्षित बंगलादेशी फिल्म ‘हाङ्गोर’ को फर्स्ट लुक पोस्टर हालै सार्वजनिक गरिएको छ, जसले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।
केही दिनअघि यो फिल्मको टिजर सार्वजनीक भएको थियो भने हालै सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरी निकै आक्रामक र ‘इन्टेन्स’ अवतारमा देखिएका छन् । एउटा विलासी सिंहासनमा ‘बदशाह’ शैलीमा बसेका उनी, वरिपरि लडेका मानिसहरूको बीचमा देखिएका छन् । उनको पहिरन, लामो कपाल र अनुहारको भावभंगीले फिल्ममा उनी कुनै शक्तिशाली ‘ग्याङस्टर’ वा नेगेटिभ लिड रोलमा रहेको संकेत गर्छ ।

पोस्टरको डार्क थिम र मासी भाइब्सले फिल्म पूर्ण रूपमा एक्सन र थ्रिलर जनरामा बनेको प्रष्ट पार्छ । बिग शट क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई तन्मय सुर्जो र उनको टिमले निर्देशन गरेको हो । फिल्मको कथा, पटकथा पनि निर्देशक सुर्जोकै रहेको छ । पोस्टरमा उल्लेख भए अनुसार, यो फिल्म सन् २०२६ को इदमा रिलिज हुनेछ ।
@parikalanewsofficial
यो फिल्ममा नेपालबाट प्रमोद अग्रहरीको साथमा बंगलादेशी कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ । फिल्ममा ताहमिना अथोइ, अर्नब खान, इन्तेखाब दिनार, दीपा खन्दकार, आरजे निरब लगायतका कलाकारहरूको अभिनय रहेको छ । नेपाली फिल्ममा आफ्नो अभिनय कौशलताबाट छुट्टै पहिचान बनाएका प्रमोदको यो बंगलादेशी फिल्म इन्डस्ट्रीमा प्रवेशले नेपाली दर्शक र उनका फ्यानहरूलाई निकै उत्साहित बनाएको छ । सार्वजनीक टिजर र पोस्टर हेर्दा फिल्म भव्य स्तरमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
















Discussion about this post