Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

✍ परिकला न्यूज
पुस २८, २०८२ मा प्रकाशित
‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

इटहरी/ कलाकारिताको दुनियाँमा कहिलेकाहीँ यस्ता संयोगहरू घट्छन्, जसले मानिसको मन नै हल्लाइदिन्छ । यस्तै एक दुर्लभ र दुखद संयोग आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा फिल्म ‘लडाई पहिचानको’ विशेष प्रदर्शनका क्रममा देखिएको छ । पर्दामा फिल्मका प्रमुख पात्र प्रशान्त तामाङको मृत्युको दृश्य समावेश गरिएको छ । यस्तैमा वास्तविक जीवनमा पनि उनको निधन भएको खबर हलभित्र आइपुग्यो ।

फिल्मको ‘रिल’ र जीवनको ‘रियल’ दुवैतर्फ कलाकार प्रशान्त तामाङ एकैसाथ अस्ताउँदा उत्साहले भरिएको हल क्षणभरमै शोकमा डुब्यो । इन्डियन आइडल विजेता तथा फिल्मका प्रमुख कलाकार प्रशान्त तामाङको भारतको नयाँ दिल्लीस्थित निवासमा निधन भएको खबर शो चलिरहेकै समयमा प्राप्त भएको थियो । यो खबरले दर्शक तथा उपस्थित फिल्म युनिटलाई स्तब्ध बनायो । फिल्म सकिएलगत्तै निर्माण टिम र दर्शकले हलभित्रै एक मिनेट मौन धारण गरी दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए ।

आदिवासी जनजाति समुदायको पहिचानको लडाइँ र कोशी प्रदेशको नामाकरणको मुद्दालाई मुख्य विषयवस्तु बनाएको यो फिल्मको विशेष शो विराटनगरस्थित किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात याक्खा छुम्मा लगायतका जातीय संस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको थियो । दुईवटै हल बुक गरेर देखाइएको शोमा दर्शकको बाक्लो उपस्थिति थियो ।

@parikalanewsofficial

भिम लामा फिल्मस् प्रालिको ब्यानरमा निर्मित यो फिल्म गत मङ्सिर ५ गते देशव्यापी प्रदर्शनमा आएको थियो । तर, सेन्सर बोर्डले फिल्मका महत्त्वपूर्ण दृश्यहरूमा अत्यधिक कैँची चलाएपछि कथाको भाव मरेको र दर्शकलाई खल्लो लागेको भन्दै दुई दिनमै हलबाट उतारिएको थियो । अहिले निर्माण पक्षले ती काटिएका दृश्यहरूलाई संशोधन र परिमार्जन गरी ‘लडाई पहिचानको’ लाई पुनः दर्शकमाझ ल्याएको हो ।

निर्देशक भिम लामाका अनुसार, परिमार्जित संस्करण सहितको विशेष प्रदर्शनी विभिन्न सहरहरूमा सुरु गरिएको छ । यसअघि शनिबार धरानमा पनि यो फिल्मको विशेष प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको थियो । फिल्मका लेखक, निर्माता तथा निर्देशक भिम लामाका अनुसार फिल्ममा वरिष्ठ कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा स्वर्गीय प्रशान्त तामाङसहित नायिका करिश्मा मानन्धर, नायक धिरेन शाक्य, सुरवीर पण्डित, जेनी घिसिङ, प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, नवीन मेन्याङ्बो, परशुराम चौधरी लगायतको अभिनय छ । साथै दिलु सुब्बा, शर्मिला राई, सुबास योन्जन तामाङ, अरुण प्रधान, दिनेश कोइराला र रामजी बिष्ट जस्ता कलाकारहरूले पनि यसमा भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्माणमा भिम लामालाई रामजी विष्ट, दिलु सुब्बा र उमेश तामाङले सघाएका छन् भने नृत्य निर्देशन मणिकुमार लिम्बू र सानुराजा थेगिमले गरेका छन् ।

अगाडिकाे पाेस्ट

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

अर्काे पाेस्ट

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana