Wednesday, March 4, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मामा शिव रेग्मीको विरासत थाम्दै भान्जी एकता: ‘हर्ष’को भव्य प्रिमियर सम्पन्न

✍ परिकला न्यूज
मंसिर १३, २०८२ मा प्रकाशित
मामा शिव रेग्मीको विरासत थाम्दै भान्जी एकता: ‘हर्ष’को भव्य प्रिमियर सम्पन्न

इटहरी/ ललितपुरको लविम मल बुधबार साँझ नेपाली फिल्मका दिग्गज अनुहारहरूको उपस्थितिले धपक्कै बलेको थियो । सन्दर्भ थियो- भोलि शुक्रबार अर्थात् मंसिर १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’ को भव्य प्रिमियर शो । तर, यो प्रिमियर केवल एउटा फिल्मको प्रदर्शनी मात्र बनेन, बरु स्वर्गीय निर्देशक शिव रेग्मीको सम्झना र नयाँ पुस्ताको उदयको एक विशेष संगम बन्न पुग्यो ।

प्रिमियरमा स्वर्गीय निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मीको उपस्थिति विशेष रह्यो । आफ्नी भान्जी एकता पौडेलले निर्देशनमा डेब्यु गरेको देख्दा उनी निकै भावुक र खुसी देखिइन् । “१२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्, हाम्रो परिवारमा पनि आज त्यस्तै भएको छ,” ज्ञानुले भनिन्, “१२ वर्षपछि भान्जी एकताले फिल्म निर्माण र निर्देशन गर्ने आँट गरेकी छन् । आज बिहीबार शिवजीको वार्षिकी पनि हो, यो संयोगले मलाई एकदमै खुसी लागेको छ ।”

उनले शिव रेग्मीले नेपाली फिल्म उद्योगलाई आफ्नो घर र कलाकारलाई सन्तान मान्ने गरेको स्मरण गर्दै भान्जीलाई सफलताको शुभकामना दिइन् । लामो समयपछि मुम्बईबाट आएर नेपाली फिल्मको प्रिमियरमा सहभागी भएकी अभिनेत्री निरुता सिंहका लागि माहौल निकै भावुक बन्यो । फिल्मको सुरुवातमै आफ्ना ‘मेन्टर’ शिव रेग्मीको तस्बिर देखेपछि उनले आँसु थाम्न सकिनन् ।

@parikalanewsofficial

निरुताले भनिन्, “हर्ष एकदमै सन्देशमूलक फिल्म बनेको छ । यस्ता घटनाहरू मैले समाज र घरपरिवारमा देखेकी छु । एकताजीको पहिलो निर्देशकीय प्रयास उत्कृष्ट छ, त्यसैले सबैले एकपटक यो फिल्म हेर्नुहोला ।” फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने प्रिमियरमा मिलेको प्रतिक्रियाले निकै उत्साहित देखिए । आफूले पहिलो पटक फरक धारको भूमिका निर्वाह गरेको र त्यसलाई दर्शकले रुचाइदिएकोमा उनले खुसी व्यक्त गरे ।

यस्तै, अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी संजोग कोइरालाले ‘हर्ष’लाई एउटा फरक अनुभव दिने पूर्ण पारिवारिक फिल्मको संज्ञा दिँदै सबैलाई हेर्न आग्रह गरे । डेब्यु निर्देशक एकता पौडेलले आफ्नो बाल्यकालको सपना पूरा भएको बताइन् । “आज प्रिमियरमा फिल्म हेरेका पाहुनाहरूले मामा शिव रेग्मीको झल्को दिन सफल भएको प्रतिक्रिया दिनुभएको छ,” निर्देशक पौडेलले भनिन्, “यसले मलाई खुसी त दिएको छ नै, साथसाथै आगामी दिनमा अझ राम्रो काम गर्नुपर्ने चुनौती पनि थपिदिएको छ ।”

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन् । फिल्ममा खगेन्द्र र वर्षाका अलावा निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, लुनिभा तुलाधर लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ । बालकलाकार साइमन वादीको अभिनयले पनि दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेका छन् ।

अगाडिकाे पाेस्ट

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

अर्काे पाेस्ट

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले गरे फिल्म ‘सिन्दुरे जात्रा’को घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि
कलिउड न्युज

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

✍ परिकला न्यूज
फाल्गुन २०, २०८२ मा प्रकाशित
0

...

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फाल्गुन २०, २०८२ मा प्रकाशित
समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

फाल्गुन १८, २०८२ मा प्रकाशित
दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana