Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

✍ परिकला न्यूज
फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

इटहरी/ नेपाली फिल्म क्षेत्रलाई ‘पुरुष प्रधान’ मानिन्छ । यही यथार्थ र यसभित्र लुकेका विभेदका कथाहरूलाई महिला निर्देशकहरूले पहिलोपटक खुलेर बाहिर ल्याएका छन् । आगामी चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौँ संस्करणको तयारी तीव्र भइरहँदा, महोत्सवको ‘प्रि–इभेन्ट’ महिला फिल्म मेकरहरूका दबिएका आवाज बुलन्द गर्ने मञ्च बनेको छ ।

बिहीबार नक्सालस्थित कान्तिपुर थिएटरमा सम्पन्न ‘हर सिनेमा, हर भोइस’ शीर्षकको अन्तरक्रियामा निर्देशकत्रय समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठले आफूले भोगेका अपमान र कठिनाइको पर्दाफास गरे । निफका अध्यक्ष केपी पाठकका अनुसार, लिङ्गकै कारण महिलाले भोग्नुपरेका समस्या उजागर गर्दै यसलाई गम्भीर बहसमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा महिला निर्देशकहरूले आफूहरूले बौद्धिक र रचनात्मक रूपमा कतिसम्म अवमूल्यन सहनुपर्छ भन्ने दृष्टान्त प्रस्तुत गरे । निर्देशक संगीता श्रेष्ठका अनुसार, महिलाले निर्देशन गरेको फिल्मको सफलताको जस पनि क्यामेराम्यान वा सम्पादकलाई दिने गरिन्छ । यसले महिलाको बौद्धिक क्षमतालाई शून्यमा झार्ने काम गरेको उनको गुनासो छ । निर्देशक समुन्द्र भट्टले सुटिङ सेटमा निर्देशककै दर्जा नपाएको गम्भीर यथार्थ सुनाइन् । “मेरो अनुमतिबिनै निर्माता र क्यामेराम्यानले पुरुष निर्देशक ल्याएर बेड सिन खिचे,” उनले भनिन् ।

@parikalanewsofficial

अर्को एक प्रोजेक्टमा सम्पादकले ‘बुहारी मान्छे घर गएर सुत्नुस्, म आफैँ सम्पादन गर्छु’ भन्दै उनको रचनात्मक अधिकार खोसेको अनुभव पनि उनले सेयर गरिन् । निर्देशक उषा रजकले महिला निर्देशकलाई बजारले नपत्याउने र स्पोन्सर पाउनै मुस्किल हुने तितो सत्य राखिन् । आफ्नै श्रीमान्लाई निर्माता बनाउँदा समेत ‘मूर्ख बुढाको सम्पत्ति सकाउने भई’ भन्ने समाजको व्यंग्य सुन्नुपरेको समुन्द्रको थप भनाइ थियो । यसअघि निफले युवा मेकरहरू लक्षित ‘द न्यु वेभ इन नेपाली सिनेमा’ नामक पहिलो प्रि-इभेन्ट सम्पन्न गरिसकेको छ ।

महोत्सवले फिल्म बहससँगै नयाँ सर्जक र युवाहरूका लागि आकर्षक अवसरहरू पनि घोषणा गरेको छ । चैत २१ गते हुने यस कार्यक्रममा लेखकहरूले प्रत्यक्ष रूपमा निर्मातालाई कथा सुनाउन पाउनेछन् । यसका लागि चैत ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । युवाहरूलाई फिल्म महोत्सवसँग जोड्न ल्याइएको यो प्रतियोगितामा आफ्नो कथामा २ मिनेटको भिडियो बनाउनुपर्नेछ । चैत ११ गतेसम्म आवेदन दिन सकिने यस प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

अगाडिकाे पाेस्ट

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

अर्काे पाेस्ट

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana