Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

इटहरी/ हातमा चुरोट, मदिराको गिलास अनि गर्धनभरि खोपिएका ट्याटु ! कुनै बेलाका ‘लभर ब्वाइ’ तथा ‘चकलेटी हिरो’ सलिनमान बनियाँको यो ‘रफ एन्ड टफ’ अवतारले यतिबेला नेपाली फिल्मी वृत्तमा जबर्जस्त तरंग ल्याइदिएको छ । करिब ७ वर्षदेखि पर्दाबाट पूर्ण रूपमा गायब भएका सलिनले नयाँ वर्षको छेको पारेर दिएको यो ‘हिन्ट’ले उनको धमाकेदार कमब्याकको पुष्टि मात्र गरेको छैन, उनको बदलिएको भूमिकाको पनि संकेत दिएको छ ।

‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला टेक्दा सलिनको लुक्स, ड्रेसअप र हेयर स्टाइलले युवापुस्तामा गजबको जादु चलाएको थियो । अभिनयमा केही कच्चापन देखिए पनि उनको स्टारडम यति लोभलाग्दो थियो कि, निर्माताहरू उनलाई एउटै फिल्मका लागि २५ देखि ३० लाख रुपैयाँसम्म पारिश्रमिक तिर्न लाइनमा हुन्थे ।

तर, ठूलो आशा गरिएको दोस्रो फिल्म ‘यात्रा: अ म्यूजिकल भ्लग’ बक्स अफिसमा चिप्लिएपछि उनी एकाएक मौन बसे । यो ७ वर्षको अन्तरालमा उनलाई दर्जनौं फिल्मका अफर नआएका होइनन्, तर चित्तबुझ्दो कथा र चरित्र नपाउँदा उनी पर्दामा फर्किन मानेनन् । लामो समयको मौनता तोड्दै मंगलबार सलिनले आफ्ना फ्यानहरूलाई ठूलो सरप्राइज दिए ।

@parikalanewsofficial

सामाजिक सञ्जालमा अर्थपूर्ण क्याप्सनसहितको नयाँ लुक्स सार्वजनिक गर्दै उनले लेखेका छन्, “कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ । केही समयको पर्खाइपछि… नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ ।” उनको यो भनाइ र स्टाइलिस ग्याङस्टरको हुलिया हेर्दा, उनी अब पुरानो रोमान्टिक हिरोको घेरा तोडेर ‘एक्सन र डार्क’ अवतारमा उत्रिन लागेको प्रस्ट अनुमान गर्न सकिन्छ ।

सलिनको यो खतरनाक लुक्स कुन फिल्मका लागि हो भन्ने आधिकारिक घोषणा त भइसकेको छैन, तर फिल्मनगरीमा यसलाई ‘युनिभर्सिटी अफ गुण्डाज्’ सँग जोडेर हेरिएको छ ।
२०८० सालमै अभिनेता सलोन बस्नेतको निर्माणमा सलिनले यसै फिल्मबाट कमब्याक गर्न लागेको खबर बाहिरिएको थियो । विश्वस्त स्रोतका अनुसार, नयाँ फिल्ममा सलिन र सलोनबीचको सहकार्य पक्कापक्की जस्तै छ र यो ग्याङस्टर अवतार त्यही प्रोजेक्टको हिस्सा हुन सक्छ । ७ वर्षअघि जसरी सलिनको स्टाइलले दर्शकको मन जितेको थियो, अब उनको यो नयाँ र आक्रामक अवतारले बक्स अफिसमा कस्तो तहल्का मच्चाउनेछ ? त्यो भने हेर्न निकै रोचक हुनेछ ।

अगाडिकाे पाेस्ट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

अर्काे पाेस्ट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana