Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

✍ परिकला न्यूज
फाल्गुन १७, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

इटहरी/ पछिल्लो समय युवा पुस्ताले गरेको ‘जेनजी आन्दोलन’को मर्म र देशको वर्तमान राजनीतिक यथार्थलाई चित्रण गर्ने देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक भएको छ । शुक्रबार काठमाण्डौमा आयोजित एक भावुक कार्यक्रमका बीच जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूको विशेष उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो । बानेश्वर संसद भवन अगाडि श्रीमान् गुमाएकी उदयपुरकी अम्बिका विश्वकर्मा, शहीद बुद्धि बहादुर तामाङका बुबा कीर्तिपुरका विष्णु बहादुर तामाङ र आन्दोलनमा छोरा गुमाएकी पार्वती अधिकारीले संयुक्त रूपमा गीतको लोकार्पण गरेका थिए ।

वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको शब्द तथा अभिनय रहेको यस गीतमा चर्चित गायक सत्यराज आचार्यले स्वर दिएका छन् । गीतमा वरिष्ठ सङ्गीतकार पुरुषोत्तम न्यौपानेको सङ्गीत र दीक्षित पौडेलको सङ्गीत संयोजन रहेको छ । शक्ति प्रज्वल घिमिरेको निर्देशनमा तयार भएको भिडियोले देशको राजनीतिक र सामाजिक ऐना देखाएको छ । एकातिर जेनजी पुस्ता सडकमा अधिकारका लागि रगत बगाइरहेका छन् भने, अर्कोतिर नेताहरू बन्द कोठाभित्र कुर्सीको खेलमा व्यस्त देखाइएको छ । सडकमा छाडिएको रगत लतपतिएको जुत्तालाई भिडियोमा सशक्त बिम्बको रूपमा प्रयोग गरिएको छ । भिडियोमा गीतकार सुष्मा महरा आफैँले शहीदकी आमाको जीवन्त भूमिका निर्वाह गर्दै सन्तान गुमाउनुको पीडा पस्किएकी छन् । हेर्नुस् भिडियो ।

राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोलाई सतिश श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियोका परिकल्पनाकार उज्वल जंग शाहले आन्दोलनमा ज्यान गुमाउने युवाहरूको सम्मानमा यो भिडियो निर्माण गरिएको बताए । उनले यसलाई एक ऐतिहासिक दस्तावेजको संज्ञा दिँदै शहीदका सपना र वर्तमान व्यवस्थाको यथार्थले आउँदो पुस्तालाई झक्झकाउने विश्वास व्यक्त गरे । त्यस्तै, गीतकार तथा कलाकार सुष्मा महराले आफू पनि एक जेनजीको आमा भएको नाताले आन्दोलनका घटनाक्रमले गहिरो चोट पुर्याएको बताइन् । “शान्तिपूर्ण परिवर्तन खोज्ने युवामाथि गोली बर्साइनु र ७२ जना शहीद हुनु सामान्य कुरा होइन,” उनले भनिन् ।

@parikalanewsofficial

युवाहरू काम खोज्दै विदेश पलायन भइरहँदा सरकार र राजनीतिक नेतृत्व भने सत्ताकै लुछाचुँडीमा लागेको भन्दै उनले आक्रोश पोखिन् । आन्दोलनको क्रममा २३ र २५ गतेका घटेका घटनाहरूले नै आफूलाई यो गीत लेख्न प्रेरित गरेको महराले प्रष्ट पारिन् । कार्यक्रमको सबैभन्दा भावुक क्षण तब बन्यो जब उपस्थित शहीद परिवारले आफ्ना पीडा पोखे । परिवारको सदस्य गुमाउँदाको विक्षिप्त अवस्थामा राज्यले मल्हम लगाउनुको साटो घोषणा गरेको सहयोगसमेत नदिएर आफूहरूलाई उपेक्षा गरेको गुनासो उनीहरूले गरे । विविधतामा एकता र देश सुधारका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने सन्देश बोकेको यो गीतले दर्शक र स्रोताको मन छुने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

अर्काे पाेस्ट

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana