Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

इटहरी/ फिल्म ‘प्रसाद २’ पछि निकै रुचाइएको विपिन कार्की र केकी अधिकारीको जोडीलाई पुनः एकसाथ पर्दामा हेर्न आतुर दर्शकले अझै केही समय कुर्नुपर्ने भएको छ । आगामी चैत २७ गते रिलिज हुने भनिएको बहुप्रतीक्षित फिल्म ‘काजी’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको हो । निर्माण पक्षका अनुसार फिल्मको केही प्रतिशत छायांकन अझै बाँकी रहेकाले रिलिज मिति पछि सारिएको हो । निर्माता रामप्रसाद रिजालले कलाकारहरूको कार्यतालिका नमिलेका कारण सुटिङ लम्बिएको जानकारी दिएका छन् ।

“हामी चैत २७ मै दर्शकमाझ आउने तयारीमा थियौँ, तर अब यही चैत २६ गतेपछि मात्र बाँकी छायांकन पुरा गर्नेछौँ,” उनले भने । हतारमा फिल्म ल्याउनुभन्दा पोस्ट प्रोडक्सनमा पर्याप्त समय दिएर उत्कृष्ट सिर्जना पस्कने निर्माण टिमको तयारी छ ।फिल्मको नयाँ प्रदर्शन मिति भने केही समयपछि मात्र सार्वजनिक गरिनेछ । ‘काजी’ पछि सर्नुले अभिनेता विपिन कार्कीकै अर्को फिल्म ‘पहाड’लाई भने ठूलो राहत मिलेको छ । यदि ‘काजी’ चैत २७ मै आएको भए त्यसको तीन दिनपछि मात्रै ‘पहाड’ हलमा आउने थियो ।

एउटै समयमा आफ्नै दुईवटा फिल्म रिलिज हुँदा कलाकारलाई प्रचारप्रसारमा पर्ने ठूलो दबाब अब भने टरेको छ । यसै फिल्ममार्फत निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । आफूले खोजेजस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा फर्किएको उनले बताए । यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ जस्ता फिल्म निर्देशन गरिसकेका रिजालले ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण समेत गरेका थिए । प्रदीप भारद्वाजको लेखन रहेको यस फिल्मलाई चिन्तन राजभण्डारीले क्यामेरामा कैद गरेका हुन् भने कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ ।

@parikalanewsofficial

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्यालको अभिनय छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको ‘काजी’मा असिम काफ्ले कार्यकारी निर्माता तथा नेहान रिजाल र विकासराज जोशी निर्माता रहेका छन् । यस फिल्मलाई श्रीराम बालाजी फिल्म्सले वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

अर्काे पाेस्ट

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana