Tuesday, March 3, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

✍ परिकला न्यूज
फाल्गुन २०, २०८२ मा प्रकाशित
फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

इटहरी/ एउटी नायिका, जो आफ्नो पहिलो मुख्य भूमिकालाई न्याय गर्न वास्तविक यौनकर्मीहरूको खोजीमा निस्किइन् । अर्की नायिका, जसले दर्शकको सल्लाह मानेर आफ्नो दुई दशक लामो ‘बोल्ड एन्ड ब्युटी’ छवि भत्काउँदै बोल्न नसक्ने ‘आमा’ को भूमिका रोजिन् । यस्तै फरक र चुनौतीपूर्ण पात्रहरूको कथा बोकेर आउँदैछ फिल्म – ‘लालिमा’ । फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलरले यतिबेला युट्युब ट्रेन्डिङको नम्बर ४ मा कब्जा जमाउँदै दर्शकको ध्यान तानेको छ ।

फिल्मको शीर्ष भूमिका ‘लालिमा’मा छिन् नायिका रोश्नी कार्की । आफ्नो करिअरमै पहिलो पटक सिंगो फिल्म आफ्नै काँधमा बोक्नुपर्दा उनलाई सुरुमा निकै डर लागेको थियो । यस प्रस्तावलाई अवसर र चुनौती दुवै रूपमा लिएकी रोश्नी भन्छिन्, “मैले यसअघि यौनकर्मीहरूलाई नजिकबाट देखेकी पनि थिइनँ । त्यसैले चरित्र निर्माणका लागि उहाँहरूलाई भेट्नु मेरो लागि एकदमै फरक र नौलो अनुभव रह्यो ।”

@parikalanewsofficial

दुई दशकदेखि प्रायः ग्ल्यामरस र बोल्ड भूमिकामा देखिँदै आएकी नायिका उषा रजक यसपटक भने दर्शकलाई सरप्राइज दिँदैछन् । सामाजिक सञ्जालमा फ्यानहरूले ‘अब उमेरअनुसारको भूमिका गर्नुस्’ भन्दै दिएको सुझावलाई सम्मान गर्दै उनी फरक क्षमता भएकी अर्थात् बोल्न नसक्ने आमाको क्यारेक्टरमा प्रस्तुत भएकी हुन् । उनले आफ्नो लामो अभिनय यात्रामा ‘आमा’ को भूमिका रोजेको यो नै पहिलो पटक हो ।

रोश्नी र उषासँगै नायक जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्मको कथा लेखन तथा निर्देशन रोशन मिराजले गरेका हुन् । फेथ आस्थाको प्रस्तुति रहेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्मलाई दर्शकमाझ पुर्‍याउँदैछ । कलाकारहरूको यो तहको समर्पण र मिहिनेतले ‘लालिमा’ लाई नेपाली बक्स अफिसमा कस्तो नतिजा दिलाउने हो, त्यो भने फागुन २९ को प्रदर्शनले नै बताउनेछ ।

अगाडिकाे पाेस्ट

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत
कलिउड न्युज

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

फाल्गुन १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फिल्मका लागी रोश्नीले गरिन् वास्तविक यौनकर्मीको संगत, उषाले भत्काइन् आफ्नो ‘ग्ल्यामरस’ छवि

फाल्गुन २०, २०८२ मा प्रकाशित
समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

फाल्गुन १८, २०८२ मा प्रकाशित
दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

दर्शकले पर्खिएको विपिन र केकीको ‘काजी’को प्रदर्शन मिति सर्यो, विपिनकै ‘पहाड’लाई भने राहत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

फाल्गुन १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana