एजेन्सी/ हिन्दी र नेपाली सांगीतिक क्षेत्रकी अत्यन्तै लोकप्रिय तथा विख्यात गायिका आशा भोसलेलाई शनिबार अचानक हृदयघात भएको छ । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, स्वास्थ्यमा गम्भीर समस्या देखिएलगत्तै उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको छ ।
अस्पताल स्रोत र जानकारहरूलाई उद्धृत गर्दै बाहिरिएका खबरहरूमा गायिका भोसलेको हालको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । यद्यपि, उनको पछिल्लो स्वास्थ्य स्थितिका बारेमा अस्पताल प्रशासन वा उनको परिवारको तर्फबाट अहिलेसम्म कुनै पनि आधिकारिक विज्ञप्ति भने सार्वजनिक गरिएको छैन ।
@parikalanewsofficial
बलिउडका हजारौँ कालजयी गीतहरूमा आफ्नो जादुमय स्वर दिएकी भोसलेले कैयौँ चर्चित नेपाली गीतहरू पनि गाएकी छन् । जसका कारण उनी नेपाली श्रोताहरूमाझ पनि उत्तिकै सम्मानित र लोकप्रिय छिन् ।














Discussion about this post