Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

इटहरी/ अरूको रूप र सौन्दर्य निखार्न पर्दापछाडि खटिने सौन्दर्यकर्मीहरू जब आफ्नै प्रतिभा लिएर मञ्चमा उत्रिए, बिहीबार राति राष्ट्रिय नाचघरको माहोल निकै रोमाञ्चक बन्यो । अरूलाई सजाउने हातहरूले र्‍याम्पमा आत्मविश्वासको पाइला चाल्दा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी चादनी श्रेष्ठले ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ आठौँ संस्करणको मुख्य ताज चुम्न सफल भइन् ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रिएसन प्रा.लि.ले सौन्दर्यकर्मीहरूको व्यक्तित्व विकासका लागि आयोजना गरेको यस ग्रान्ड फिनालेमा विजेता बनेसँगै चादनीले नगद २५ हजार रुपैयाँसहित ‘बेस्ट हेयर स्टाइलिस्ट’, ‘पब्लिक च्वाइस’ र ‘मल्टिमिडिया अवार्ड’ समेत आफ्नो पोल्टामा पारिन् । प्रतियोगितामा खोटाङकी हिरा राईले १५ हजार रुपैयाँ नगदसहित फस्ट रनरअपको उपाधि जितिन् । उनले ‘भ्युअर्स च्वाइस’ र ‘बेस्ट आइल्यासेस टेक्निसियन’ अवार्ड पनि हात पारिन् ।

त्यसैगरी, ‘बेस्ट स्क्रिन अवार्ड’ सहित संगीता राई सेकेन्ड रनरअप भइन्, उनले नगद १० हजार र क्राउन पाईन भने ‘मोस्ट डिसिप्लेन अवार्ड’ सहित अनिता गुरुङ थर्ड रनरअप घोषित भए । यस्तै, स्वस्तिका अधिकारी विष्टले ‘म्यानेजमेन्ट च्वाइस’ र बेस्ट आई अवार्ड, अस्बिना सिंहले ‘अर्गनाइजर च्वाइस’ र बेस्ट स्टाइलिस्ट अवार्ड जिते । प्रतियोगितामा सहभागीहरूको विशिष्ट क्षमतालाई सम्मान गर्दै विभिन्न सब-टाइटलहरू प्रदान गरिएको थियो । जसमा रेश्मा केसीले बेस्ट ड्रेस र मोस्ट इन्नोसेन्ट, राधा चौधरी र रेणुका कुमारी चौधरीले बेस्ट मेकअप (दुवैलाई), मिना मोक्तानले मोस्ट ब्युटिफुल, सलिना थापाले बेस्ट फिगर, सम्झना लिम्बुले मोस्ट फोटोजेनिकको सब टाइटल प्राप्त गरे ।

@parikalanewsofficial

यस्तै रेखा लामिछानेले मोस्ट बब्ली, रविना तामाङले मोस्ट ट्यालेन्ट, गौरी कार्कीले मोस्ट फ्रेन्डली, चन्द्रा ताम्राकारले बेस्ट स्माइल, अञ्जु तुलाधर श्रेष्ठले मोस्ट सिभिलिटी, इशारा गुरुङले बेस्ट क्याटवाक, सरस्वती आचार्य गौतमले बेस्ट आयुर्वेदिक थेरापिस्टको सब टाइटल प्राप्त गरे । प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा अग्रज गायिका देविका बन्दना, अभिनेता श्रीदेव भट्टराई, गणेशमान प्राविधिक शिक्षालयकी प्रिन्सिपल पशुपति जोशी, फेसन डिजाइनर गोमा अधिकारी धिताल, ब्युटिसियनहरू सीता श्रेष्ठ र मञ्जु सापकोटा तथा सामाजिक अभियन्ता ज्ञानु श्रेष्ठ थिए ।

बेस्ट ड्रेसतर्फको मूल्याङ्कन फेसन डिजाइनरद्वय गोमा अधिकारी र मितु अधिकारीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटाले ब्युटिसियनहरूको हौसला बढाउन यस प्रतियोगिताले ८ वर्षदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गरे । आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले स्वागत मन्तव्य राख्दै सौन्दर्यकर्मीहरूको लुकेको क्षमता उजागर गर्नु नै कार्यक्रमको मुख्य ध्येय रहेको बताइन् ।

त्यस्तै, विलक्षण क्रिएसनका अध्यक्ष डब्बु क्षत्रीले राज्यस्तरबाट सौन्दर्यकर्मीलाई प्रोत्साहन गर्ने ठोस कार्यक्रम नभएको अवस्थामा, यो मञ्चले उनीहरूलाई अघि बढ्न प्रेरणा दिएको बताए । सरिता भारतीको निर्देशन, जयन सुब्बा मानन्धरको मुख्य कोरियोग्राफी र कृष्ण रसालको डान्स कोरियोग्राफी रहेको फिनालेमा गायकहरू नारायण थापा, ओम सुनार, रमेश पाठक तथा गायिका सविना सुवेदी र सारिका घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारहरूले आकर्षक नृत्य पस्किएका थिए ।

अगाडिकाे पाेस्ट

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक

अर्काे पाेस्ट

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana