Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपथ्यको अमेरिका यात्रा जारी: लस एन्जलसमा सफल शो

✍ परिकला न्यूज
जेष्ठ १५, २०८२ मा प्रकाशित
नेपथ्यको अमेरिका यात्रा जारी: लस एन्जलसमा सफल शो

इटहरी/नेपाली चर्चित सांगीतिक ब्यान्ड ‘नेपथ्य’ ले आफ्नो अमेरिकी यात्रा अन्तर्गत लस एन्जलसको ‘हाउस अफ ब्लुज’ हलमा अर्को स्मरणीय कन्सर्ट सम्पन्न गरेको छ। सोमबार साँझ ८ बजे सुरु भई दुई घण्टासम्म चलेको उक्त कार्यक्रमले श्रोताहरूलाई मौलिक नेपाली धुन र आधुनिक शैलीको उत्कृष्ट संयोजनमा रमाएको देखियो। सान डिएगोबाट आएका अजय मल्लका अनुसार नेपथ्यको प्रस्तुति “विदेशमा नेपालीपनको मीठो सम्झना” थियो। क्यालिफोर्नियाजस्तो व्यस्त क्षेत्रमा नेपाली संगीतप्रतिको उत्साह देखिनु गौरवको विषय भएको उनको भनाइ थियो।अमेरिकाको सांगीतिक यात्रामा रहेको नेपाली ब्यान्ड नेपथ्यले लस एन्जलसको एनहायमस्थित ‘हाउस अफ ब्लुज’ हलमा आफ्नो अर्को शानदार कन्सर्ट सफलतापूर्वक सम्पन्न गरेको छ।

नेपथ्यले क्यालिफोर्नियालाई आफ्नो भ्रमणको नियमित गन्तव्य बनाउँदै आएको छ। लस एन्जलसमा भने यो समूहले दोस्रोपटक मात्र प्रस्तुति दिएको हो—पहिलो पटक सन् २०१६ मा।सुरुमा दर्शक उपस्थिति प्रति ढुक्क नभएका आयोजक निश्चल बज्राचार्य कार्यक्रमको ऊर्जा देखेर दंग परे। “अभिभावकहरू आफ्ना सन्तानसहित सहभागी हुनु प्रेरणादायी दृश्य थियो,” उनले भने।
एरिजोनाबाट आएका दर्शक मिलन श्रेष्ठले गायक अमृत गुरुङको प्रस्तुतिलाई “सिर्जनात्मक र प्रेरणादायी” बताए। गुरुङले प्रत्येक गीतको पृष्ठभूमि र नेपालको सौन्दर्य वर्णन गर्दै दर्शकलाई मातृभूमिप्रति झनै नजिक पुर्‍याए।कार्यक्रममा पूर्व सहायक महासचिव कुलचन्द्र गौतम र पौडी खेलाडी सोफिया शाहजस्ता विशिष्ट अतिथिको उपस्थिति रह्यो। उनीहरूले नेपथ्यको प्रस्तुतिलाई “देशप्रेम र सांस्कृतिक एकताको सन्देशवाहक” भने।

कन्सर्ट ‘कोशीको पानी’ बाट सुरु भई ‘रातो र चन्द्रसूर्ये’ मा समापन भयो। ‘कर्नालीका छाइला’ लगायतका लोकप्रिय गीतले पनि दर्शकको मन जिते। अमृत गुरुङको नेतृत्वमा नेपथ्यको टोलीमा ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मीले साथ दिएका थिए। यो कन्सर्टले नेपथ्यको सांगीतिक पहिचानलाई अझ सुदृढ बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूलाई संस्कृति, संगीत र मातृभूमिप्रतिको प्रेमसँग जोड्न सघाएको छ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

भोलिदेखि प्रदर्शन हुने फिल्म ‘माहाभोज’ देशको अस्थिरताले प्रदर्शन रोकियो

अर्काे पाेस्ट

हलिउडमा नेपाली झण्डा: ‘पाउलो’ लस एन्जलसको फिल्म फेस्टिभलमा छनोट

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स
कलिउड न्युज

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर
कलिउड न्युज

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

✍ सुवास संकल्प
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

बैशाख १६, २०८३ मा प्रकाशित
माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana