इटहरी/ समिर खान र स्मारिका ढकालको जोडीले अभिनय गरेको हिन्दी गीत ‘प्यार की दस्तान’ शुक्रवार सार्वजनिक भएको छ । गायक विशाल सिंहको आवाजमा सजिएको यो गीतमा अशोक भाटिया र विशालकै शब्द रचना रहेको छ भने सङ्गीत राजेश के एसले दिएका छन् । गीतको भिडियो समिर खानको युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।
नेपालका सुन्दर स्थलहरूमा खिचिएको भिडियोको निर्देशन निशान एस के ले गरेका हुन् । छायाङ्कन दिपक गिरीले गरेका छन् भने प्रविण भट्टले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो ।
धेरै म्युजिक भिडियोमा आफ्नो अभिनय क्षमताले दर्शकको मन जित्न सफल समिर र स्मारिका यस गीतमा पनि रोचक ढङ्गले प्रस्तुत भएका छन् । विगत केही वर्षदेखि विभिन्न भाषामा गीत गाउने प्रचलन बढ्दै जाँदा विशाल सिंहले आफ्नो आवाज र गला हिन्दी गीतमा प्रस्तुत गर्दै दर्शकलाई नयाँ स्वाद दिएका छन् । ‘प्यार की दस्तान’ ले संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ ।















Discussion about this post