इटहरी/ नेपाली फिल्म उद्योगमा अर्को एउटा नयाँ फिल्म थपिने भएको छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बेहुली’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ । सार्वजनिक पोस्टरअनुसार यो फिल्म आगामी २०८३ साल भाद्र १२ गतेका दिन देशभरका फिल्म हलहरूमा एकसाथ प्रदर्शनमा आउनेछ ।
सशान कँडेलको निर्देशन रहने यस फिल्मको कथा माधव शर्माले लेखेका हुन् । सांगीतिक क्षेत्रका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत यो फिल्ममा रहनेछ । फिल्म ‘बेहुली’ मा स्थापितदेखि नव-प्रवेशी कलाकारहरूको जम्बो टोली देख्न सकिन्छ । फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरू प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । प्रताप राना निर्माता रहेको यस फिल्ममा सुमन थिङ तामाङ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

त्यस्तै, सह-निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल छन् भने क्रिएटिभ निर्माताको जिम्मेवारी शंकर कोइरालाले सम्हालेका छन् । प्राविधिक तर्फ पनि फिल्ममा अनुभवी टोलीको साथ रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहने यस फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र किशोर नेपालको प्रोडक्सन डिजाइन रहनेछ । फिल्मको प्रमुख सहायक निर्देशक सुदीप कुँवर हुन् भने कस्ट्युम डिजाइन एलेक्स बासुकलाले गर्दैछन् । फिल्मलाई काठमाडौं उपत्यकाभित्र ‘काफिया फिल्म्स’ र उपत्यकाबाहिर ‘श्री व्यंकटेश इन्टरटेनमेन्ट’ले वितरण गर्नेछन् ।
@parikalanewsofficial













Discussion about this post