Thursday, March 26, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

✍ सुवास संकल्प
चैत्र १२, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

इटहरी/ सुनसरीको इटहरीलाई लामो समय आफ्नो रङ्गमञ्चीय कर्मथलो बनाएका कलाकार डेभिड बिष्ट अब नेपाली फिल्म क्षेत्रमा बलियो उपस्थितीको तयारीमा छन् । उनी निर्देशक प्रकाश कर्णको आगामी बहुप्रतिक्षित फिल्म ‘जुबा’मा निकै महत्त्वपूर्ण भूमिकाका लागि छनौट भएका छन् । यतिबेला उनी काठमाडौंमा सोही फिल्मको ‘वर्कसप’मा व्यस्त छन् । अडिसन पार गर्दै ‘जुबा’मा छनोट भएका डेभिड आफ्नो भूमिकालाई लिएर निकै उत्साहित छन् ।

फिल्ममा आफ्नो चरित्र मुख्य पात्र सरह नै प्रभावशाली रहेको उनले बताएका छन् । डेभिडको अभिनय क्षमताबाट फिल्मका निर्देशक प्रकाश कर्ण पनि निकै प्रभावित बनेका छन् । डेभिडको कामको प्रशंसा गर्दै निर्देशक कर्णले भने, ‘आफू र आफ्नो टिमले जे क्यारेक्टर सोचेका थियौं, त्यो क्यारेक्टरलाई डेभिडले अझै बढी राम्रो र जीवन्त बनाएका छन् ।’

इटहरीस्थित ‘कलालय’मा रहेर विगत ७ वर्षदेखि निरन्तर रंगमञ्चमा साधनारत डेभिड नेपाली रंगमञ्चका एक अब्बल कलाकार हुन् । अभिनयको गहिराई बुझेका उनले आफ्नो कला यात्रालाई ‘मलाई रङमञ्च मेरो पाठशाला, अभिनय मेरो अभ्यास हो भन्ने लाग्छ ।’ भनेर प्रस्त्याउँछन् । सत्रु, रिफन्ड, बहुलकाजीको सपना र योगमाया लगायतका चर्चित १० वटा नाटकहरूमा उनले सशक्त अभिनय गरिसकेका छन् । यस्तै ‘तिनतारा’, ‘बलिदान’ र ‘विमान’ जस्ता फिल्महरूमा समेत काम गरिसकेका उनले ज्याक्यस, पाँच हजार र गाढा १७ जस्ता छोटो फिल्ममा अभिनय गरेका छन् ।

@parikalanewsofficial

यस्तै विभिन्न वेब शृङ्खलाका साथै डायनामिक ब्यान्डको म्युजिक भिडियो ‘भावनाका रंगहरु’ मा समेत उनले अभिनय गरेका छन् । अस्त्र फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा डेभिड बिष्टसँगै नेपाली फिल्मका स्टार अभिनेता सौगात मल्ल मुख्य भूमिकामा देखिनेछन् । यसै फिल्ममार्फत नयाँ अनुहार सोफी धरेलले डेब्यु गर्दैछिन् भने अभिनेता सुधन पोखरेल पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन् । निर्माण टिमका अनुसार फिल्म यतिबेला प्रि-प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ र केही दिनमै छायांकन सुरु गरिने तयारी भइरहेको छ ।

फिल्मको कथा र विषयवस्तु पूर्ण रूपमा सार्वजनिक नगरिए पनि, सार्वजनिक पोस्टर र क्यारेक्टर लुकका आधारमा ‘जुबा’ पुरानो समयको परिवेशमा आधारित प्रेम, संघर्ष र सामाजिक कथामा केन्द्रित हुने अनुमान गरिएको छ । यस फिल्मको कथा तथा स्क्रिनप्लेमा निर्देशक प्रकाश कर्ण स्वयंले काम गरेका छन् भने उनलाई लेखनमा वर्षा पौडेलले साथ दिएकी छन् । नयाँ शैली र प्रस्तुतीका साथ दर्शकमाझ ल्याउन लागिएको यो फिल्मको रिलिज मिति भने तय हुन बाँकी छ । छायांकन सुरु भएसँगै अन्य प्राविधिक विवरणहरू सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । नेपाली फिल्म क्षेत्रमा ‘जुबा’लाई एक प्रतीक्षित फिल्मको रूपमा हेरिएको छ ।

अगाडिकाे पाेस्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

अर्काे पाेस्ट

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी
कलिउड न्युज

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana