Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

इटहरी/ नेपाली फिल्म क्षेत्रमा पर्दा अगाडि मात्र होइन, पर्दा पछाडि अर्थात् प्राविधिक विधामा पनि महिलाहरूको शक्तिशाली उपस्थिति र सिर्जनात्मक नेतृत्व झल्काउने फिल्म ‘एक मुठी बादल: माई सेयर अफ स्काई’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले अभिनेत्री आँचल शर्माको जन्मदिनको विशेष अवसर पारेर उनलाई ‘सरप्राइज’ उपहारस्वरूप यो टिजर दर्शकमाझ ल्याएको हो ।

टिजरको सुरुवात निकै मिठासपूर्ण र नोस्टाल्जिक छ । आँचल शर्माकै आवाजमा गुन्जिने ‘पोम्पोईको फूल’ शीर्षकको कविताले दर्शकलाई सीधै कथाको गहिराइमा लैजान्छ । यो कविता फिल्मकी लेखिका तथा निर्देशक सहारा शर्माको धमिलो बाल्यकालसँग जोडिएको छ । सम्पादनको क्रममा फिल्मलाई एउटा बलियो भावनात्मक टेवा चाहिएको बेला, निर्देशक शर्मालाई आफ्नी हजुरआमाले सुनाउने ती बिर्सिसकेका हरफहरू एक्कासि याद आएका थिए । अन्ततः त्यही कविता फिल्मको प्राण बन्न पुग्यो । हेर्नुस् टिजर ।

@parikalanewsofficial

आफ्नो जन्मदिनमै फिल्मको पहिलो झलक बाहिरिनुलाई आँचलले एक सुन्दर संयोग मानेकी छन् । उनले ‘एक मुठी बादल’ लाई आफ्नो अभिनय यात्राकै सबैभन्दा ‘नितान्त विशेष’ प्रोजेक्ट भनेकी छन् । अहिलेसम्मका फिल्ममा अरुकै कथा र चरित्र बाँचेकी आँचलले यस फिल्मकी पात्र ‘माइली’ मा भने आफ्नै वास्तविक प्रतिबिम्ब भेटेकी छन् । आफ्नै भोगाइ र जीवनलाई ठूलो पर्दामा उतार्न पाउँदाको सन्तुष्टि शब्दमा वर्णन गर्न नसकिने उनको भनाइ छ ।

फिल्ममा आँचल शर्माको साथमा निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूले जीवन्त अभिनय पस्केका छन् । यस फिल्मको सबैभन्दा विशिष्ट पक्ष भनेको निर्माणका अधिकांश महत्त्वपूर्ण विधामा महिलाहरूको कमान्ड हुनु हो । फिल्मको छायांकन लिन्ह डान गुयेन फानको रहेको छ भने प्रडक्सन डिजाइन यशस्वी सभरवाल, कला निर्देशन अग्रणी ठकुरी झा, भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी र प्रमुख सहायक निर्देशक मर्णा जेम्सका साथमा शर्मिला आले र मीरा खड्क रहेका छन् ।

@parikalanewsofficial

यद्यपि, फिल्मको सम्पादनको जिम्मेवारी भने गौरव मल्लिकले सम्हालेका छन् । गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन् । निर्माताको टोलीमा जर्मन फिल्ममेकर सारा फाजिलातका साथै सामीप्य राज तिमल्सेना र अनुप पौडेलको पनि सहकार्य रहेको छ ।

अगाडिकाे पाेस्ट

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

अर्काे पाेस्ट

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana