Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ५, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

इटहरी/ एक्सन भूमिकाबाट दर्शकको मनमा राज गर्दै आएका सुपरस्टार विराज भट्ट यसपटक भने फरक अवतारमा समेत दर्शकमाझ आउँदैछन् । बहुप्रतिक्षित फिल्म ‘राम नाम सत्य’ को नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक भएसँगै विराज र नव–नायिका खुशी कार्कीको रोमान्टिक केमेस्ट्रीले यतिबेला चर्चा बटुलिरहेको छ । दैलेखका मनमोहक दृश्यहरूमा छायांकन गरिएको यस भिडियोमा विराज र खुशीको आकर्षक नृत्य देख्न सकिन्छ, जसलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको यो रोमान्टिक ट्रयाकमा एसडी योगी र गीताञ्जली थापा मगरको सुमधुर स्वर, मौसम अर्यालका शब्द र एसडी योगी स्वयंको संगीत रहेको छ । फिल्मको यसअघि रिलिज भएको अर्को गीत ‘धागोले बाटेको’ ले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाएर तहल्का मच्चाइरहेको छ । पहिलो गीतले पाएको अपार सफलताकै बीच निर्माण पक्षले दर्शकको उत्साहलाई कायम राख्न यो नयाँ सांगीतिक कोसेली पस्किएको हो । हेर्नुस् भिडियो ।

यो फिल्मको टिजरले समेत सामाजिक सञ्जालमा राम्रो हाइप बनाइसकेको छ । लभस्टोरी, सस्पेन्स, पारिवारिक सम्बन्ध र एक्सनको पूर्ण प्याकेज रहेको यो फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा, पटकथा र निर्देशन माइकल चन्दले सम्हालेका छन् । फिल्ममा विराज र खुशीका साथै नेपाली फिल्म क्षेत्रका दिग्गज र लोकप्रिय अनुहारहरूको जमघट छ । सुनिल थापा, प्रशान्त ताम्राकार, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी र आयुष सिंह ठकुरीलगायतका कलाकारहरूले यसमा अभिनय गरेका छन् ।

@parikalanewsofficial

यो फिल्मको निर्मातामा उपेन्द्र शाही र स्वेता बिमली रहेका छन् भने कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । मोती कार्की क्रियटिभ प्रोड्युसर र राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रूपमा यो फिल्ममा रहेका छन् । मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मको एक्सन श्री श्रेष्ठ र सम्पादन बन्दे प्रसादले गरेका हुन् । संगीत संयोजनको जिम्मा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कले लिएका छन् । उत्कृष्ट कथावस्तु, दमदार स्टारकास्ट र सुमधुर संगीतले सजिएको ‘राम नाम सत्य’ ले बक्स अफिसमा दर्शकको मन जित्दै सानदार व्यापार गर्ने विश्वास गरिएको छ ।

अगाडिकाे पाेस्ट

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

अर्काे पाेस्ट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana