Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

इटहरी/ प्रेम जति सुन्दर हुन्छ, बिछोड त्यति नै पीडादायी हुन्छ । त्यही बिछोडको पीडा र प्रेममा खटपट हुँदाको छटपटीलाई दुरुस्तै पर्दामा उतारेर फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को एउटा मर्मस्पर्शी भिडियो सार्वजनिक भएको छ । भर्खरै रिलिज भएको ‘मुटुमा हान्छन् छुरा’ बोलको गीतमा समावेश वियोगान्त दृश्यहरूले प्रेममा चोट खाएका जोकोहीको मन भक्कानिन्छ । गीतका शब्द, लय र सङ्गीतले सिधै मुटुमा प्रहार गर्छन् । नेपाली साङ्गीतिक क्षेत्रका पुराना र कालजयी वियोगान्त गीतहरूको झल्को दिने यस गीतले श्रोता तथा दर्शकलाई मन्त्रमुग्ध बनाउँछ ।

सुन्दा जति भावुक बनाउँछ, हेर्दा त्यति नै आँसु रसाउने यो गीतमा गायक कर्ण राज गिरीकै शब्द, सङ्गीत र जादुमयी स्वर सुन्न सकिन्छ । यही गहिरो मर्म बोकेको गीत, आउँदो चैत २७ गतेबाट देशभरका फिल्म हलहरूमा प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म ‘डल्ले ले इन्ट्री मार्यो’को पहिलो सार्वजनिक गीत हो । पहिलो गीतबाटै दर्शकको मनमा गहिरो छाप छोड्दै गइरहेको यो फिल्मलाई लिएर दर्शकमा अहिलेदेखि नै उत्सुकता बढ्न सुरु गरेको छ । हेर्नुस् गीत ।

कार्यविनायक फिल्म्स प्रालि र उषा फिल्म्स प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको यस फिल्ममा सागर लम्साल र रोशनी खड्काको मुख्य भूमिका रहेको छ । उनीहरूका साथमा दिग्गज कलाकारहरू रबिन्द्र झा, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, विशाल पहारी, धुर्व कोइराला, लक्ष्मीनाथ तिमल्सिना, ओशिन भट्टराई, आशा पौडेल, रामहरि खड्का लगायतको दमदार अभिनय देख्न पाइनेछ । फिल्ममा काजोल गिरी, कंगना गिरी र रोनिश खड्का बाल कलाकारका रूपमा देखिएका छन् । सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरीले यस फिल्मलाई निर्माण गरेका हुन् ।

@parikalanewsofficial

फिल्मको कथा उमेश कुमार बस्नेतले लेखेका हुन् भने पटकथा तथा संवाद लक्ष्मण सुवेदीको रहेको छ । श्याम तामाङको उत्कृष्ट छायाँकन रहेको फिल्मलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् भने केशव राज भट्टले कोरियोग्राफी सम्हालेका छन् । फिल्मका अन्य गीतहरूमा बाबुल गिरी र रिमेश कुमार थापाको पनि सङ्गीत तथा डम्बर बिकेलको शब्द सुन्न सकिनेछ । साहिल खानले ट्रेलर तथा टिजर तयार पारेको यस फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले लिएको छ भने नेशनल सिने ग्रुप नेपालले यसलाई देशभर वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

अर्काे पाेस्ट

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana