Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

✍ परिकला न्यूज
चैत्र ३, २०८२ मा प्रकाशित
लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

इटहरी/ पर्दामा जब स्थापित अभिनेत्री र ऊर्जावान बालकलाकारको सानदार जुगलबन्दी देखिन्छ, तब दर्शकको मन जित्न गाह्रो पर्दैन । षट्कोण आर्टसको निर्माणमा आउन लागेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ ले अहिले यही प्रमाणित गरिरहेको छ । विशुद्ध नेपाली लोकभाकामा तयार पारिएको यो गीत यतिबेला बच्चादेखि वृद्धसम्मको ओठमा झुन्डिएको छ भने सामाजिक सञ्जालको ट्रेन्डिङमा राज गरिरहेको छ ।

गत फागुन २९ गते शुक्रबार सार्वजनिक भएको यो गीतले छोटो समयमै युट्युबमा १४ लाख बढी भ्युज बटुलिसकेको छ । तर, यसको खास जादु टिकटक र फेसबुक रील्समा देखिएको छ । अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको आकर्षक डान्स स्टेपलाई हुबहु कपी गर्दै भिडियो बनाउने कन्टेन्ट क्रिएटर र साधारण प्रयोगकर्ताहरूको बाढी नै आएको छ । दर्शकहरूले गीतको ठेठ लय, स्वर र कोरियोग्राफीको मुक्तकण्ठले तारिफ गरेका छन् । हेर्नुस् भिडियो ।

गीतले पाइरहेको अपार सफलताबाट अभिनेत्री स्वस्तिमा खड्का निकै हर्षित छिन् । सुटिङका क्रममा दृश्यहरू छायांकन गरेर बचेको समयलाई सदुपयोग गर्दै उनीहरूले यसको अभ्यास गरेका थिए । “हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन् । यी सानी नानीको कामले मलाई पनि थप मेहनत गर्न प्रेरणा दियो,” स्वस्तिमाले आफ्नो अनुभव सुनाइन्, “हामी सबैको प्रयास र दर्शकको मायाले अहिले मेहनतको फल पाएको आभास भएको छ ।”

फिल्मका निर्देशक यम थापाका अनुसार यो गीत केवल दर्शक नचाउन मात्र राखिएको होइन, यसले फिल्मको कथालाई नै अगाडि बढाउने काम गर्छ । यस गीतमा चर्चित गीत ‘कश्मिरे पछ्यौरी’ की गायिका दीपिका बयाम्बु मगर र गायक तथा सङ्गीतकार खेम सेन्चुरीको जादुमयी स्वर सुन्न सकिन्छ । रमेश बिजीका शब्दहरूलाई प्रदीप लामाले उत्कृष्ट कोरियोग्राफीमा ढालेका हुन् ।

@parikalanewsofficial

आगामी वर्ष २०८३ वैशाख १८ गते रिलिज हुने यो फिल्मको कथा याम थापाको हो भने उनैले निर्देशन पनि गरेका छन्। फिल्मको पटकथा तथा संवादमा निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन । यो फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायतको अभिनय रहेको छ । थिएटर कलाकार विशाल देवकोटा र प्रसंशा सुवेदीले यो फिल्मबाट डेब्यु गर्दैछन् ।

अगाडिकाे पाेस्ट

जम्बो स्टारकास्टका साथ झापाबाट सुरु भयो ‘पाँच पाण्डव’को सुटिङ

अर्काे पाेस्ट

मुन्द्रे र ‘मुन्नी’को फ्रेस जोडी ‘कार्की साइँला’मा, २१ दिनमै सकियो सुटिङ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana