Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जम्बो स्टारकास्टका साथ झापाबाट सुरु भयो ‘पाँच पाण्डव’को सुटिङ

✍ परिकला न्यूज
चैत्र ३, २०८२ मा प्रकाशित
जम्बो स्टारकास्टका साथ झापाबाट सुरु भयो ‘पाँच पाण्डव’को सुटिङ

इटहरी/ पौराणिक नाम सुन्दा जो-कोहीलाई लाग्न सक्छ-यो महाभारतकै कथा हो । तर, त्यही ‘पाँच पाण्डव’को बिम्बलाई प्रयोग गरेर वर्तमान नेपाली समाजको यथार्थ बोल्ने एउटा ठूलो क्यानभासको फिल्म निर्माण सुरु भएको छ । नेपाली फिल्म क्षेत्रका दिग्गज अभिनेतादेखि नयाँ पुस्ताका चर्चित स्टारहरूसम्मको बलियो लाइनअप रहेको बहुप्रतीक्षित फिल्म ‘पाँच पाण्डव’को छायांकन सोमबारबाट औपचारिक रूपमा थालिएको छ ।

झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा पूजा गरेर शुभ–मुहूर्त गर्दै यो फिल्म फ्लोरमा गएको हो । काली रानी फिल्मस्को ब्यानरमा बन्न लागेको यस ‘सोसल ड्रामा’मा मुख्य ५ पात्रका रूपमा यी चर्चित अनुहारहरू हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) देखिनेछन् । यसका साथै, फिल्मका मुख्य महिला पात्रको भूमिकामा अभिनेत्री दीपाश्री निरौला र जनी गुरुङलाई छनोट गरिएको छ ।

यस फिल्मलाई वर्षकै ठूलो र प्रतीक्षित प्रोजेक्ट मानिनुको पछाडि यसको निर्माण टिमको पनि ठूलो हात छ । दर्शक र समीक्षक दुवैले रुचाएको सुपरहिट फिल्म ‘प्रसाद’का लेखक सुशील पौडेलले यसको कथा, पटकथा र संवाद तयार पारेका हुन् । वसन्त निरौलाको निर्देशन रहने यस फिल्मलाई श्याम तामाङले क्यामेरामा कैद गर्नेछन् । काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मको नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन् ।

@parikalanewsofficial

दर्शकले यसमा ‘फूल डल्बी एट्मस’ साउन्डको मज्जा लिन पाउनेछन् । म्युजिक नेपालले भर्खरै सञ्चालनमा ल्याएको डल्बी एट्मस स्टुडियोमा यसको साउन्ड डिजाइन हुनेछ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले कलाकारहरूको लाइनअपले नै फिल्मको आकार कति ठूलो छ भन्ने प्रस्ट पार्ने बताए । “हामीले वर्षौंसम्म सम्झिन लायक ऐतिहासिक फिल्म बनाउने संकल्प गरेका छौँ, त्यसैले मेकिङ र बजेटमा कुनै कम्प्रमाइज हुनेछैन,” उनले भने । निर्देशक निरौलाका अनुसार करिब ४० दिनको छायांकन तालिका रहेको यस फिल्मका अधिकांश दृश्यहरू झापामै खिचिनेछन् ।

अगाडिकाे पाेस्ट

रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

अर्काे पाेस्ट

लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana