Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

✍ परिकला न्यूज
चैत्र ३, २०८२ मा प्रकाशित
रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

इटहरी/ विवाहपछि दाजुभाइको आत्मीयतामा कसरी स्वार्थको पर्खाल ठडिन्छ ? अनि, एउटै आँगनमा हुर्किएका दाजुभाइबीच पैतृक सम्पत्तिको भागबन्डाले कसरी मनमुटाव सिर्जना गर्छ ? नेपाली समाजको यही तीतो तर यथार्थपरक पारिवारिक कथा बोकेको नयाँ फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको करिब ४ मिनेट लामो ट्रेलरले फिल्मको केन्द्रीय द्वन्द्वलाई छर्लङ्ग पारेको छ ।

ट्रेलरमा विशेषगरी विवाहपश्चात घरमा भित्रिने नयाँ सम्बन्धहरू र जग्गा भागबन्डालाई लिएर सुरु हुने पारिवारिक कलहलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । दर्शकले यो पारिवारिक ड्रामा हेर्न धेरै कुर्नुपर्ने छैन । निर्माण पक्षका अनुसार, यो फिल्म आगामी चैत १३ गते, राम नवमीको शुभ अवसर पारेर देशभरका फिल्म हलहरुमा प्रदर्शन हुनेछ । हेर्नुस् ट्रेलर

मधुसुदन भट्टराईको निर्देशनमा निर्माण भएको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका थुप्रै स्थापित अनुहारहरूको अभिनय रहेको छ । फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, र फलित राईको प्रमुख भूमिकामा अभिनय रहेको छ । यस्तै राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी र विरेन श्रेष्ठ लगायतका कलाकारहरूको पनि यसमा अभिनय रहेको छ ।

@parikalanewsofficial

साजित महतको प्रस्तुति रहेको यस फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेको यो फिल्ममा विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन् भने भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे सह-निर्माताको रूपमा जोडिएका छन् । त्यसैगरी, शिव ढकालको छायांकन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । फिल्ममा साप शक्ति र बाबुल गिरीको सङ्गीत सुन्न सकिन्छ भने कमल राईले नृत्य निर्देशन गरेका छन् । नेपाली मौलिक र पारिवारिक कथा खोज्ने दर्शकहरूको लागि ‘हामी तीन भाइ’ एउटा उत्कृष्ट रोजाइ बन्न सक्ने ट्रेलरले संकेत गरेको छ ।

अगाडिकाे पाेस्ट

सांसद बनेकी अभिनेत्री रिमालाई केकीको पत्र: ‘तिम्रो निडर आवाज संसद्‌मा बुलन्द होस्’

अर्काे पाेस्ट

जम्बो स्टारकास्टका साथ झापाबाट सुरु भयो ‘पाँच पाण्डव’को सुटिङ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का
कलिउड न्युज

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित
दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana