Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ५, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

इटहरी/ विशुद्ध ग्रामीण प्रेमकथा र निस्वार्थ मायाको सुगन्ध बोकेको फिल्म ‘मालती मंगले’ मार्फत सुगम सङ्गीतका धरोहर रामकृष्ण ढकाल अब निर्माताका रूपमा पर्दामा आउँदैछन् । आगामी नयाँ वर्षको वैशाख २५ गते अर्थात् मे ८ बाट प्रदर्शनको तयारीमा रहेको यस फिल्मको शीर्ष गीत ‘सुनैको सपनी’ भर्खरै एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

रानी फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मको गीत सार्वजनिक कार्यक्रमको सबैभन्दा सुन्दर क्षण त्यतिबेला देखियो, जब निर्माता तथा गायक ढकालले सङ्गीतकार उज्वल सागरलाई आफ्नै हस्ताक्षरसहितको गितार उपहारस्वरूप प्रदान गरे । दृष्टिमा समस्या भए पनि जादुमयी धुन सिर्जना गर्ने सागरले उक्त सम्मान ग्रहण गर्दै यस टिमसँगको सहकार्यले आफू निकै उत्साहित भएको सुनाए । हेर्नुस् भिडियो ।

‘सुनैको सपनी’ गीतमा आनन्द अधिकारीका मार्मिक शब्द, उज्वल सागरको सङ्गीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । यसमा स्वयं ढकाल र लोकप्रिय गायिका रचना रिमालले स्वर दिएका छन् । फिल्मको नाम सुन्नेबित्तिकै धेरैको दिमागमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटक आउन सक्छ । तर, कार्यक्रममा ढकालले यो भ्रमलाई चिर्दै भने, “यो राष्ट्रकविको नाटकमा आधारित होइन । हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो यो ।”

त्यस्तै, गीतकार अधिकारीले गीतको भाव प्रस्ट्याउँदै गरिबले पनि कसरी निस्वार्थ प्रेम गर्न सक्छन् र प्रेममा कुनै स्वार्थ हुँदैन भन्ने कुरा आफूले शब्दमार्फत बुझाउन खोजेको बताए । आफ्नो स्वर रेकर्ड गराउन निर्माता ढकालले लामो समय पर्खिएको थाहा पाउँदा गायिका रचना रिमालले आश्चर्य व्यक्त गर्दै कृतज्ञता प्रकट गरिन् । यता, अभिनेत्री वर्षा राउतले रामकृष्ण ढकालजस्तो हस्तीले बनाएको फिल्ममा जोडिन पाउनुलाई आफ्नो लागि ठूलो उपलब्धि मानिन् । आफ्नो पहिलो निर्देशकीय फिल्ममै विश्वास गरेकोमा निर्देशक प्रकु पाण्डेयले ढकाल र कार्यकारी निर्माता सागर ज्ञवालीप्रति आभार प्रकट गरे ।

@parikalanewsofficial

अर्को फिल्मको छायाङ्कनमा व्यस्त रहेका कारण मुख्य अभिनेता विजय बराल भने कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् । फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल प्रमुख भूमिकामा छन् भने कथा तथा निर्देशन प्रकु पाण्डेको रहेको छ । मालती मंगलेको पटकथा तथा संवाद भने संयोग गुरागाईँले तयार गरेका हुन् । महेश पौडेलले छायांकन गरेको फिल्मको सम्पादन र रङ्ग संयोजन रोमी मोजेज र कृष्ण भण्डारीले गरेका हुन् । यसअघि सार्वजनिक पोस्टरमा देखिएको विजय र वर्षाको प्रेमिल मुद्रालाई यस गीतले थप जीवन्त बनाएको छ । फिल्ममा नरिन थापा, प्रकाश घिमिरे, सरिता गिरीलगायतका अन्य थुप्रै कलाकारहरूको पनि अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

अर्काे पाेस्ट

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana