Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

✍ परिकला न्यूज
चैत्र २, २०८२ मा प्रकाशित
फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

इटहरी/ गुरुप्रसाद मैनालीको अमर कथामा आधारित रहेर निर्माण गरिएको बहुप्रतिक्षित फिल्म ‘परालको आगो’को नयाँ गीत सार्वजनिक भएको छ । स्वरकिन्नरी अरुणा लामाको आवाजमा सजिएको कालजयी गीत ‘उडी जाउँ भने म पंक्षी होइन’लाई यस फिल्ममा नयाँ स्वरूपमा प्रस्तुत गरिएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू सुहाना थापा र प्रकाश सपुतलाई फिचर्ड गरिएको छ । भिडियोमा सुहानालाई गाउँले परिवेशकी एक उदासिन र विरक्त महिलाको भूमिकामा देख्न सकिन्छ भने अभिनेता सपुत पनि एक्लोपनमा रुमल्लिएको निकै गम्भीर र भावुक अवस्थामा प्रस्तुत भएका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यस भिडियोले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ । मनबहादुर मुखियाको शब्द तथा शान्ति ठटालको पुरानै लय तथा सङ्गीत रहेको यस गीतको नयाँ संस्करणमा निशु शर्माले स्वर दिएकी छन् । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई विनोद भुजेलले एरेन्ज गरेका हुन् । गीतमा सञ्जीव बराइलीको गितार र गोपाल देवको बाँसुरीको धुन सुन्न सकिन्छ । हेर्नुस भिडियो

हरि ओम सिने मेकर्स प्रालिको प्रस्तुति रहेको यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने सुशील पोखरेलले निर्माण गरेका हुन् । सुशील देवकोटाको पटकथा तथा संवाद रहेको यस फिल्ममा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत मुख्य भूमिकामा छन् । उनीहरूका साथै सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, कुल बहादुर अधिकारीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

आगामी २०८३ सालको वैशाख ११ गते अर्थात अप्रिल २४ बाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा सङ्कल्प भुजेलको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा शान्ति ठटाल, सत्य-स्वरुप र प्रकाश सपुतको सङ्गीत सुन्न सकिनेछ । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने अमेरिका र क्यानडाका लागि ‘चलचित्र इन्टरटेनमेन्ट’ले वितरणको जिम्मा लिएको छ । पुराना पुस्ताको कालजयी सिर्जना र नयाँ पुस्ताका चर्चित अनुहारहरूको सङ्गम रहेको ‘परालको आगो’लाई दर्शकले निकै चासोका साथ हेरेका छन् ।

अगाडिकाे पाेस्ट

युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

अर्काे पाेस्ट

सांसद बनेकी अभिनेत्री रिमालाई केकीको पत्र: ‘तिम्रो निडर आवाज संसद्‌मा बुलन्द होस्’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana