Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

✍ परिकला न्यूज
चैत्र २, २०८२ मा प्रकाशित
युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

इटहरी/ युवा जनशक्ति दिनहुँ विदेशिँदा हाम्रा गाउँ र पहाडहरू कसरी रित्तिँदैछन् ? र, यसले हाम्रो समाजमा कस्तो आर्थिक तथा सामाजिक संकट निम्त्याइरहेको छ ? यही गम्भीर र यथार्थपरक विषयवस्तुलाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । नेपाली फिल्म क्षेत्रका ख्यातिप्राप्त निर्देशक तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको नयाँ फिल्म ‘पहाड’ को प्रतिक्षित टिजर सार्वजनिक भएको छ । यो फिल्म नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक टिजरमा संवादलाई निकै कम स्थान दिइएको छ, तर दृश्यहरू आफैँमा निकै शक्तिशाली छन् । प्रेम, आक्रोश, वियोग र जीवनका बाध्यताहरूलाई समेटिएको टिजरले कथाको सम्पूर्ण पाटो नखोली सस्पेन्स कायम राखेको छ । टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारको झलक देख्न सकिन्छ । ‘पहाड’ले नेपाली फिल्मका पुराना र सर्वाधिक रुचाइएका अनुहारहरूलाई फेरि एकै ठाउँमा ल्याएको छ । निर्देशक घिमिरेले ‘बलिदान’का मदनकृष्ण श्रेष्ठ तथा ‘चिनो’का शिव श्रेष्ठ र सुनील थापालाई फेरि एकपटक एउटै पर्दामा उतारेका छन् । हेर्नुस् टिजर ।

यसका साथै, विपीन कार्की, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ जस्ता प्रतिभाशाली पुस्ताको अभिनय यसमा रहनेछ । यसै फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा नेपाली फिल्ममा डेब्यु गराउँदैछन् । पुराना सहकर्मीहरूसँगको पुनर्मिलनबारे निर्देशक घिमिरे भन्छन्, “पटकथा तयार गर्दा पात्रहरूमा उहाँहरू नै फिट हुने देखेपछि मैले पुरानो सहकार्यलाई ताजा गर्ने प्रस्ताव राखेँ । सबैले सहमति जनाएपछि पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ ।” उनले ‘पहाड’ केवल एउटा फिल्म मात्र नभई एउटा विचारको रुपमा दर्शकको घर-परिवार र समाजसम्म पुग्ने दाबी गरेका छन् ।

@parikalanewsofficial

फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन् । भारतमा समेत काम गरिसकेका प्रधानले यसअघि घिमिरेका हिट फिल्महरू ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा छायांकनको जादु देखाइसकेका छन् । त्यसैगरी, संगीतको जिम्मा भेट्रान संगीतकार रञ्जित सिंह गजमेरले सम्हालेका छन् । यो फिल्ममा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरी र पञ्चमी घिमिरे प्रमुख भूमिकामा छन् । प्रस्तुतकर्ता उत्तम रसाइली रहेको फिल्मको निर्माता सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् भने क्रिएटिभ निर्माता भारती घिमिरे रहेका छन् ।

अगाडिकाे पाेस्ट

दयाहाङ र सौगातको ‘मितज्यू’ अब एक साता अगाडि नै रिलिज हुने, नयाँ पोस्टरमा देखियो गाउँले द्वन्द्व

अर्काे पाेस्ट

फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का
कलिउड न्युज

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित
दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana