Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दयाहाङ र सौगातको ‘मितज्यू’ अब एक साता अगाडि नै रिलिज हुने, नयाँ पोस्टरमा देखियो गाउँले द्वन्द्व

✍ परिकला न्यूज
चैत्र १, २०८२ मा प्रकाशित
दयाहाङ र सौगातको ‘मितज्यू’ अब एक साता अगाडि नै रिलिज हुने, नयाँ पोस्टरमा देखियो गाउँले द्वन्द्व

इटहरी/ दयाहाङ राई र सौगात मल्लको सशक्त जोडी अनि चर्चित डान्सर तेरिया फौजा मगरको डेब्यु रहने प्रतीक्षित फिल्म ‘मितज्यू’ अब निर्धारित मितिभन्दा एक साता अगावै दर्शकमाझ आउने भएको छ । यसअघि जेठ १५ गते रिलिज गर्ने तयारीमा रहेको निर्माण पक्षले भारतीय ठूलो बजेटको फिल्म ‘टक्सिक’ सँगको सम्भावित व्यावसायिक भिडन्तलाई टार्न जेठ ८ गतेलाई नयाँ प्रदर्शन मिति तय गरेको हो । ‘टक्सिक’ र ‘मितज्यू’ दुवैको वितरक एउटै परेका कारण बक्स अफिसमा असर नपरोस् भनेर यो रणनीतिक निर्णय लिइएको बुझिएको छ ।

नयाँ प्रदर्शन मितिको घोषणासँगै आइतबार फिल्मको रहस्यमयी दोस्रो पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ पोस्टरले फिल्मको कथावस्तु ग्रामीण परिवेश र त्यहाँभित्र लुकेको सामाजिक द्वन्द्वमा आधारित रहेको स्पष्ट सङ्केत गरेको छ । पोस्टरमा मुख्य कलाकारहरूको भिन्न र चासो जगाउने अवतार देख्न सकिन्छ । सौगात मल्ल हातमा भाले च्यापेर रोचक अवस्थामा देखिन्छन् भने दयाहाङ राई निकै रिसाहा र आक्रामक अवतारमा प्रस्तुत भएका छन् ।

यस्तै सार्वजनिक पोष्टरमा तेरिया मगर टाउकोमा मजेत्रो बेरेकी, जसको अनुहारमा गहिरो दुःख र उदासी झल्किएको देखिन्छ । यता शिशिर वाङ्देल र अर्का एक पात्र भने शान्त मुद्रामा उभिएका छन् । पोस्टरको पृष्ठभूमिमा रहेको फुस्को छानो भएको घर र पहाडी बाटोमा गुड्दै गरेको गाडीले फिल्मलाई थप जीवन्त र रहस्यमयी बनाएको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस फिल्ममार्फत डान्स रियालिटी शोहरूबाट विश्वभर चिनिएकी तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।

@parikalanewsofficial

फिल्ममा दयाहाङ, सौगात, तेरिया र शिशिरका साथमा पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको ठूलो टोलीको अभिनय रहेको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मितज्यू’मा जनक घर्ती मगरको लगानी रहेको छ । यो फिल्मको छायाङ्कन शिशिर विशङ्खे, सम्पादन लोकेश बज्राचार्य, श्रीकृष्ण बम मल्लको सङ्गीत तथा उनीसहित मेलिना राई र लक्ष्मी मल्लको स्वर यो फिल्ममा रहेको छ भने आर आर फिल्मस् ले वितरणको जिम्मा लिएको छ ।

अगाडिकाे पाेस्ट

‘जिरो डिग्री’ फ्लोरमा, रङ्गमञ्चदेखि दिग्गज कलाकारसम्मको जमघट

अर्काे पाेस्ट

युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana