Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जिरो डिग्री’ फ्लोरमा, रङ्गमञ्चदेखि दिग्गज कलाकारसम्मको जमघट

✍ परिकला न्यूज
चैत्र १, २०८२ मा प्रकाशित
‘जिरो डिग्री’ फ्लोरमा, रङ्गमञ्चदेखि दिग्गज कलाकारसम्मको जमघट

इटहरी/ विदेशिएका सन्तान नफर्किउन्जेल आमाबुवाको शव सुरक्षित राख्न सडक नै नपुगेको विकट गाउँमा ‘डीप फ्रिज’ पुर्‍याउँदा कस्तो उथलपुथल होला ? नेपाली फिल्म वृत्तमा यस्तै नितान्त नौलो र रोचक कथावस्तु बोकेको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै यस फिल्मको क्यामेरा रोल गरिएको हो ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, तथा कलाकारहरू राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए । निर्माण पक्षका अनुसार फिल्मको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाकै अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुनेछ । गाउँमा डीप फ्रिज बोकेर उक्लिँदा आइपर्ने रमाइला र अकल्पनीय परिस्थितिहरूलाई पर्दामा उतार्न ३५ दिनको छायाङ्कन कार्यतालिका तय गरिएको छ ।

छायाङ्कनमा जानुअघि नै निर्माण पक्षले ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिसकेको छ, जसले दर्शकमा फिल्मप्रति चासो बढाइसकेको छ । यस फिल्मलाई आकाश बराल र साजन काफ्लेले संयुक्त रूपमा निर्देशन गर्दैछन् भने पटकथा पनि उनीहरूकै रहेको छ । फिल्ममा कलाकारहरूको निकै बलियो र अनुभवी लाइनअप देख्न सकिन्छ ।

@parikalanewsofficial

विजय बराल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल मुख्य भूमिकामा देखिदैछन् ।

सन्जोग रसाइलीको कास्टिङ रहेको फिल्मको कार्यकारी निर्माता मोती कार्की हुन् भने निशाल पौडेलले छायाङ्कन गर्नेछन् ।फिल्मको सम्पादन चानस पुन मगर र रङ्ग संयोजन राजेन्द्र मोक्ताङले गर्नेछन् । अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रचना यो फिल्ममा रहने छन् । फिल्मलाई डिसिएनले काठमाडौं र कुबेर सिने डिस्ट्रिब्युसले काठमाण्डौ बाहिर वितरणको जिम्मा लिएको छ ।

अगाडिकाे पाेस्ट

शिव श्रेष्ठ अभिनय रहने फिल्म ‘टेम्के’को शुभमुहुर्त सँगै छायांकन सुरू

अर्काे पाेस्ट

दयाहाङ र सौगातको ‘मितज्यू’ अब एक साता अगाडि नै रिलिज हुने, नयाँ पोस्टरमा देखियो गाउँले द्वन्द्व

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana