Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिसेस पुर्बेली आइकन’ प्रतिष्पर्धी दिपिकाको बिहेअघिको सपना विवाहपछि पूरा हुँदै

✍ सुवास संकल्प
भदौ २३, २०८१ मा प्रकाशित
‘मिसेस पुर्बेली आइकन’ प्रतिष्पर्धी दिपिकाको बिहेअघिको सपना विवाहपछि पूरा हुँदै

इटहरी/ ओपन स्पेस प्रालीको आयोजनामा इटहरीमा जारी ‘मिसेस पुर्बेली आइकन २०२४’ सौन्दर्य प्रतियोगितामा दिपिका भट्टराई एक प्रमुख प्रतिष्पर्धीको रूपमा उभिएकी छिन् । उनिसंगै यो प्रतियोगितामा ८ जना फाईनल प्रतिष्पर्धी छन् । यतिबेला उनिहरुलाई सुभेक्षा कार्कीले कोरियोग्राफी गराईरहेकी छन् भने यसका अतिरिक्त बौद्धिक तथा व्यक्तित्व विकासका ज्ञानहरु पनि आयोजकले प्रदान गरिरहेको छ । सौन्दर्यसँगै विवाहित महिलाहरूको बौद्धिक क्षमता र अपूर्ण सपना पूरा गराउने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगितामा दिपिका धनकुटादेखी प्रतिष्पर्धामा होमिएकी हुन् । धनकुटा घर भएकी उनि लामो समयदेखी बैंकको जागिरे हुन् ।

बुबा हरि प्रसाद भट्टराई र आमा मीना भट्टराईको कोखबाट उनको जन्म विराटनगरमा भएको हो । सामान्य परिवारमा हुर्केकी दिपिका सानैदेखि मिहिनती र लगनशील थिइन् । बाल्यकालदेखि नै दीक्षित भएर कालो टोपी लाउने सपना थियो उनको । जसले उनलाई अध्ययनप्रति गहिरो लगाव राख्न प्रेरित गर्‍यो । दिपिका सधैं अध्ययनमा अगाडि रहिन् र स्नातकोत्तर (MBA) सम्मको पढाई समेत पूरा गरिन् । सरल स्वभाव र ज्ञानप्रति आकर्षित रहेकी दिपिकाले बाल्यकालमा सधैं बुद्धिमान र परिपक्व बन्ने लक्ष्य राखिन् । उनी किशोरावस्थामा रहँदा पढाइलाई निरन्तरता दिइरहेकी थिइन् ।

स्नातक तहको अध्ययन गर्दै गर्दा उनको विवाह भयो, तर यसले उनको शिक्षा र करियरप्रतिको प्रतिबद्धतामा कुनै नकारात्मक प्रभाव भने नपरेको बताउँछिन् । सधैं परिवारको सल्लाहमा अघि बढेकी उनले विवाहपछि पनि आफ्नो जागिरलाई निरन्तरता दिइरहेकी छन् । श्रीमान विक्रम पौडेलसंग २०७२ सालमा २ पक्षको परिवारको सल्लाह बमोजिम मागी विवाह भएपछि पनि दिपिकाले आफ्नो सपना र उद्देश्यलाई बिर्सिनुपरेन । श्रीमान् र परिवारको समर्थनले उनले आफ्नो हरेक निर्णयलाई सहज रूपमा अगाडि बढाउन सफल भएको बताउँछिन् । उनी भन्छिन्, ‘मेरा हरेक निर्णयमा श्रीमान्, परिवार र माइतीको पुर्ण समर्थन रहेको छ।’ हेर्नुस् उनीसंग गरिएको कुराकानीको भिडियो ।

विवाहअघि कुनैपनी सौन्दर्य प्रतियोगितामा सहभागी भएको अनुभव नभएपनी विवाहपपस्चात अहिले ‘मिसेस पुर्बेली आइकन २०२४’ मा सहभागी भएपछि उनले आफ्नो व्यक्तित्वमा धेरै नै परिवर्तन आएको बताएकी छन् । विशेषगरी, सार्वजनिक रूपमा बोल्न पहिला जस्तो गाह्रो नभएको उनी बताउँछिन् । दिपिकाले विवाहअघि देखेका सपना विवाहपछि पूरा गर्न सकेको सुनाईन् । जसको लागि उनले आफ्नो परिवारलाई विशेष धन्यवाद समेत दिएकी छन् भने यो प्रतियोगितामा सहभागी भएसँगै साथीहरू, परिवार र माइतीबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले बताइन् ।

यो हारजित हुने कार्यक्रम हो, जित्नु नजित्नु अलग कुरा हो । फाईनलमा अवस्य सहि निर्णय हुन्छ । तर, यहाँसम्म आइपुग्नुलाई पनि उनले जित सरह ठानेकी छन् । यदि यो प्रतियोगिता उनले नजितेपनि यहाँ सिकेका व्यक्तित्व विकासका सीपहरूलाई अनि नयाँ साथीहरूसंग लिएको अनुभवलाई जीवनभर साथमा लिएर अघि बढ्ने उनको भनाई छ । यदि प्रतियोगिता जितेको खण्डमा भने आफु विवाहित महिलाहरूको लागि प्रेरणाको स्रोत बन्ने र अन्य महिलालाई पनि आफ्ना सपना पछ्याउन प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । दिपिका भट्टराईको जीवन यात्रा केवल एउटा प्रतियोगितासम्म सीमित छैन । यो आत्मविश्वास, पारिवारिक समर्थन र सपना पूरा गर्ने चाहनाको प्रतिरूप हो । जसले उनलाई अन्य महिलाहरूको लागि प्रेरणा बनाएको छ ।

अगाडिकाे पाेस्ट

रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा पौडेल प्रहरीको भेषमा

अर्काे पाेस्ट

दयाहांग र मिरुना अभिनित फिल्म ‘नाङ्गो गाउँ’ युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana