इटहरी/ एसईईको परीक्षाको अन्तिम तयारीमा जुटिरहनुभएको छ ? यदि त्यसो हो भने तपाईंको त्यसपछिको खाली समयलाई सिर्जनात्मक र उपलब्धिमूलक बनाउन इटहरीमा एउटा उत्कृष्ट प्लेटफर्मको घोषणा भएको छ । परम्परागत सौन्दर्य प्रतियोगिताको घेराभन्दा माथि उठेर विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ “मिस्टर एण्ड मिस फेस इटहरी” को पहिलो संस्करण सुरु हुने भएको छ ।
आयोजकले हालै पत्रकार सम्मेलन गर्दै यस नयाँ प्रतिभा पहिचान कार्यक्रमको औपचारिक सुरुवात गरिएको जानकारी दिएको हो । आयोजकका अनुसार यो कार्यक्रम र्याम्पमा हिँड्न सिकाउने मात्र नभई एउटा पूर्ण व्यक्तित्व विकासको ‘क्र्यास कोर्स’ जस्तै हुनेछ । ३५ दिनसम्म चल्ने यस बन्दसत्रमा सहभागीहरूले जीवनोपयोगी विभिन्न सीपहरू सिक्नेछन्, जसमा प्रोफेसनल फोटोसुट र पर्सनालिटी डेभलपमेन्ट, १-२ दिने क्याम्पिङ/आउटडोर सेसन र फिल्ड भिजिट हुनेछ ।

त्यस्तै स्विमिङ र रिफ्रेसमेन्ट सेसन, टेबल म्यानर तथा डाइनिङ शिष्टाचार, स्किन केयर, मेकअप क्लास र ट्यालेन्ट इनह्यान्समेन्ट जस्ता महत्वूपूर्ण तालिम प्रदान गरिनेछ । कार्यक्रमकी सीईओ रबिना बराइलीले एसईईपछिको समय विद्यार्थीको करिअरको दिशा तय गर्ने महत्त्वपूर्ण समय भएको बताइन् । उनले भनिन्, “एसईईपछिको फुर्सदलाई सदुपयोग गर्दै विद्यार्थीहरूभित्र लुकेको आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिभालाई बाहिर ल्याउन यो प्रतियोगिताले एउटा बलियो पुलको काम गर्नेछ ।”
@parikalanewsofficial
यो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्नेहरूका लागि भविष्यको ढोका खोल्ने आकर्षक अवसरहरू पनि राखिएका छन् । प्रतियोगीताको विजेताले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट अध्ययनका लागि २-२ वटा फुल स्कलरसिप, निःशुल्क कम्प्युटर कोर्स र विभिन्न व्यावसायिक कम्पनीहरूसँग काम गर्ने कन्ट्र्याक्टको अवसर प्राप्त गर्नेछन् । यस्तै फर्स्ट र सेकेन्ड रनरअपलाई ट्युसन कोर्स, गिफ्ट ह्याम्पर लगायतका आकर्षक पुरस्कारहरु रहने छन् ।














Discussion about this post