Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘पूर्ण बहादुरको सारंगी’पछि उस्तै मार्मिक कथामा ‘रोल नं १’, सारंगीको सट्टा ‘दमाहा’ बोकेका बाबुको सङ्घर्ष

✍ सुवास संकल्प
चैत्र १९, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारंगी’पछि उस्तै मार्मिक कथामा ‘रोल नं १’, सारंगीको सट्टा ‘दमाहा’ बोकेका बाबुको सङ्घर्ष

इटहरी/ बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’को निर्माण टोलीले आफ्नो आगामी फिल्म ‘रोल नं १’ का दुईवटा अर्थपूर्ण पोस्टर सार्वजनिक गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यस फिल्मका पोस्टरहरूले दर्शकमाझ कौतुहलता मात्र बढाएको छैनन्, बरु फिल्मको गहिरो विषयवस्तु र पात्र निर्माणको शैलीलाई पनि छर्लङ्ग पारेका छन् । अघिल्लो फिल्म पूर्ण बहादुरको सारंगी झैँ यस पटक पनि निर्माताहरूले समाजमा पिछडिएका भनिएका वर्गको कथालाई पर्दामा उतार्ने जमर्को गरेको पोस्टरबाट स्पष्ट हुन्छ ।

आज चैत १९ गते सार्वजनिक पोस्टरहरूको सबैभन्दा ध्यान तान्ने पक्ष भनेको यसको पात्र निर्माण हो, जुन ‘पूर्ण बहादुरको सारंगी’ सँग निकै मिल्दोजुल्दो देखिन्छ । उक्त फिल्ममा गरिबी र सामाजिक विभेदको चपेटामा परेको मुख्य पात्र बुवाले आफ्नो जीविकोपार्जन र छोराको भविष्यका लागि ‘सारंगी’ बोकेका थिए । तर, ‘रोल नं १’ मा आइपुग्दा बुवाको काँध र हातमा सारंगीको सट्टा ‘दमाहा’ र गजो देख्न सकिन्छ । दाह्री पालेका, मैलो टोपी र पुरानो कोट लगाएका बाबुको हातमा रहेको दमाहाले यो कथा सीमान्तकृत, दलित वा परम्परागत बाजा बजाएर जीविका चलाउने पिछडिएको वर्गको हो भन्ने स्पष्ट सङ्केत गर्छ ।

हुन त रोल नं १ पूर्ण बहादुरको सारंगी को सिक्वेल त हैन । तर, दुवै फिल्ममा गरिबी, अभाव र सामाजिक रूपमा पछाडि पारिएको वर्गको प्रतिनिधित्व समान छ । आफ्नो पेसा र आर्थिक दुरावस्थाका बाबजुद सन्तानको शिक्षा र उज्ज्वल भविष्यको सपना बोक्ने एक सङ्घर्षशील बाबुको विम्ब यसमा पनि मजबुत रूपमा उभ्याइएको छ ।

फिल्मको सार्वजनिक पहिलो पोस्टरमा तीन प्रमुख पात्रहरूलाई देखाइएको छ । केन्द्रमा एक सानो विद्यार्थी छन्, जसको अनुहारमा शिक्षाप्रतिको भोक, उत्साह र केही गरूँला भन्ने चमक छ । ऊ गाउँले परिवेश झल्काउने ऊनको स्वेटर र सर्टमा सजिएका छन् । उसको दायाँतर्फ भान्सामा प्रयोग गरिने कराई टाउकोमा घोप्ट्याएर उभिएकी आमा छिन्, जसको अनुहारमा जीवनको कठोर सङ्घर्ष पढ्न सकिन्छ, जसले भान्सामा सीमित विवाहित महिलाहरूको प्रतिनिधित्व गर्छ । बायाँतर्फ दमाहा बोकेका बुवा छन्, जसको अनुहारमा चिन्ता र थकान देखिन्छ । अभिभावकको निराशा र गरिबीको पृष्ठभूमिमा उभिएको छोराको उत्साहले ‘रोल नं १’ बन्ने हुटहुटीलाई दर्साउँछ ।

दोस्रो पोस्टर अझ बढी मार्मिक छ । यसमा दमाहा बजाएर वा जीवनको भारी बोकेर थाकेका बाबु भुइँमा सुतिरहेका छन् । उनकै ढाडमा सुतेर छोराले कापी च्यापेर एकोहोरिरहेका छन् । यसले फिल्मको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ लाई न्याय गरेको छ । यसले सङ्केत गर्छ कि सन्तानले ल्याउने ‘रोल नं १’ अर्थात् प्रथम स्थानको नतिजा पछाडि एउटा गरिब बाबुको पसिना, थाकेको शरीर र भोक लुकेको हुन्छ । फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीको लगायतको अभिनय रहेको छ भने बालकलाकारमा निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

जौन योञ्जनको निर्देशनमा तयार भएको यस फिल्मलाई विनोद पौडेल र जान्वी पौडेलले निर्माण गरेका हुन् भने सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । फिल्मको कथा महेश दवाडीले लेखेका हुन् भने छायाङ्कन शिव राम श्रेष्ठ र सम्पादन मदन घिमिरेले गरेका छन् । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटीले संगीत भरेका छन् भने ब्याकग्राउण्ड म्युजिक रोहित शाक्यले तयार गरेका हुन् । ‘पूर्ण बहादुरको सारंगी’ ले जसरी बाबु-छोराको भावनात्मक सम्बन्ध र समाजको यथार्थलाई चित्रण गरेर दर्शकको मन जित्यो, ‘रोल नं १’ ले पनि दमाहा बजाउने बाबु र उसको विद्यार्थी छोराको सङ्घर्षमार्फत उही जादु दोहोर्‍याउने अपेक्षा गरिएको छ । ग्रामीण परिवेश र गरिबीको यथार्थपरक चित्रण रहेको यो फिल्म जेठ १५ गतेदेखि देशभरका फिल्म हलहरूमा प्रदर्शन हुँदैछ ।

अगाडिकाे पाेस्ट

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

अर्काे पाेस्ट

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana