Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

✍ परिकला न्यूज
चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

इटहरी/ फिल्म केवल मनोरञ्जन मात्र होइन, यो भूगोल, भाषा र संस्कृतिलाई जोड्ने एउटा शक्तिशाली माध्यम हो । यही माध्यमको भूमिका निर्वाह गर्दै विश्वभरका ४० देशका कथाहरूलाई एउटै मञ्चमा ल्याएर काठमाडौंमा फिल्मको महाकुम्भ अर्थात् ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को नवौं संस्करण सुरु भएको छ । बिहीबार सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा इरानी निर्देशक हिशान्त फराहमन्दको मन छुने फिल्म ‘माइ डटर्ज हेयर’ को विशेष प्रदर्शनीसँगै यस वर्षको निफले औपचारिक रूपमा पर्दा उघारेको हो ।

आगामी चैत २३ गतेसम्म काठमाडौंमा यो महोत्सव चल्नेछ । नेपाल सरकारकी सञ्चार तथा सूचना प्रविधि सचिव लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । विशेषगरी बलिउडको कालजयी फिल्म ‘शोले’ का निर्देशक तथा निर्माता रमेश सिप्पीको उपस्थितिले महोत्सवको ओज झनै बढाएको थियो । साथै, कूटनीतिक तवरबाट नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, पाकिस्तानी राजदूत अब्रार एच हास्मी र श्रीलंकाकी राजदूत रुवन्थी डेलपिटियाले विशेष अतिथिका रूपमा मञ्च साझा गरेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित नेपाली फिल्म क्षेत्रका हस्तीहरू- पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह र निर्देशक समुद्र रेग्मी लगायतको उपस्थिति समारोहमा थियो । समारोह केवल शुभकामना आदानप्रदानमा मात्र सीमित रहेन, फिल्म उद्योगको वर्तमान र भविष्यबारे महत्त्वपूर्ण विचारहरू पनि उठेका थिए । बलिउड निर्देशक रमेश सिप्पीले प्रविधिको तीव्र विकास र कृत्रिम बौद्धिकता अर्थात् एआईले प्रभाव जमाइरहेको वर्तमान समयमा मानव निर्मित कला र फिल्म महोत्सवहरूको महत्त्व अझ बढेको बताए ।

प्रमुख अतिथि सचिव बस्नेतले निफ जस्ता महोत्सवले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन र अन्य फिल्म उद्योगसँग सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ब्राजिलका राजदूत हार्टोगले छनोटमा परेका ब्राजिली फिल्मको कथाबारे चर्चा गरे भने पाकिस्तानी राजदूत हास्मीले आफू तेस्रो पटक निफमा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरे । निफका अध्यक्ष केपी पाठकले आमन्त्रण स्वीकार गरी विश्वभरबाट काठमाडौं आइपुगेका सम्पूर्ण अतिथि र फिल्मकर्मीप्रति कृतज्ञता ज्ञापन गरे ।

यसपटक निफमा दर्शकहरूले विश्वभरका ८८ वटा उत्कृष्ट फिल्महरू हेर्ने अवसर पाउनेछन् । आयोजकले दर्शकको सहजताका लागि सशुल्क र निशुल्क दुवै विकल्पहरू तयार पारेको छ । प्रतिस्पर्धामा रहेका मुख्य फिल्महरू सुन्धाराको सिभिल मल र ठमेलको छायाँ सेन्टरमा टिकट काटेर हेर्न सकिनेछ भने सिजाङ प्यानोरमा खण्ड अन्तर्गत ६ वटा चिनियाँ फिल्म र वृत्तचित्रहरू नेपाल पर्यटन बोर्ड र छायाँ सेन्टरमा निशुल्क प्रदर्शन हुनेछन् ।

यस्तै प्रतिस्पर्धा बाहिर रहेका ४ वटा रुसी फिल्महरू कमलपोखरीस्थित रसियन हाउसमा निशुल्क हेर्न पाइनेछ । महोत्सवको अर्को मुख्य आकर्षण भनेको ‘अन्तरक्रियात्मक कार्यक्रम’ हो । निफ अन्तर्गत १० वटा विशेष छलफल र मास्टरक्लासहरू आयोजना हुँदैछन्, जहाँ विभिन्न देशका दिग्गज फिल्म मेकरहरूले आफ्नो निर्माण अनुभव, संघर्ष र सफलताका कथाहरू नेपाली दर्शक तथा नवोदित फिल्मकर्मीहरूसँग साट्नेछन् ।

अगाडिकाे पाेस्ट

‘पूर्ण बहादुरको सारंगी’पछि उस्तै मार्मिक कथामा ‘रोल नं १’, सारंगीको सट्टा ‘दमाहा’ बोकेका बाबुको सङ्घर्ष

अर्काे पाेस्ट

अभिनेता सागर लम्साल ‘बले’ माथि बलात्कार आरोप

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana