Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दयाहांग र मिरुना अभिनित फिल्म ‘नाङ्गो गाउँ’ युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा

✍ सुवास संकल्प
भदौ २३, २०८१ मा प्रकाशित
दयाहांग र मिरुना अभिनित फिल्म ‘नाङ्गो गाउँ’ युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा

इटहरी/ हरितालिका तीजको अवसर पारेर नेपाली फिल्म ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक गरिएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत यो फिल्मलाई दर्शकहरूको लागि निःशुल्क रूपमा उपलब्ध गराइएको हो । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्मले हल रिलिजका बेला ५१ औं दिन मनाउन सफल भएको थियो भने व्यापारिक सफलता समेत हासिल गरेको थियो । ‘नाङ्गो गाउँ’ फिल्ममा गाउँमा हुने राजनीतिक चलखेल र तिनले निम्त्याउने समस्याहरूलाई जीवन्त तरिकाले पर्दामा उतारिएको छ ।

यो फिल्मलाई युट्युबमा पनि रुचाईएको छ । यो समाचार तयार गर्दैगर्दा सार्वजनिकको २ दिनको अवधिमा फिल्मलाई २९ लाख पटक हेरिएको छ भने युट्युब ट्रेण्डिङ्ग नेपालको पहिलो स्थानमा उक्लिएको छ । यता १ लाख ४५ हजार बढिले लाईक गरेका छन् भने ४ हजार बढि सकारात्मक प्रतिक्रिया फिल्मले पाएको छ । यो फिल्मको निर्माता हिलाम कडरिया हुन् भने कार्यकारी निर्माताको रुपमा रामहरि श्रेष्ठ र जय श्रेष्ठ रहेका छन् । फिल्मको कथा र संवाद स्वयं निर्देशक लामाले लेखेका हुन् । हेर्नुस नाङ्गो गाउँ पुरा फिल्म

फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा शाक्य, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, शिशिर वाङ्देल लगायतका कलाकारहरूले मुख्य भूमिकामा अभिनय गरेका छन् । दयाहाङ राई र मिरुना मगरको जोडीले गाउँका जनजीवन र त्यहा भइरहेका राजनीतिक संघर्षलाई आफ्नो पात्रहरूको माध्यमबाट प्रभावकारी रूपमा चित्रण गरेका छन् । ‘नाङ्गो गाउँ’ गत वर्षको २९ भदौमा प्रदर्शन गरिएको थियो । राजनीतिक विषयवस्तुलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको यो फिल्म केही समयअघि ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा पनि उपलब्ध गराइएको थियो ।

अगाडिकाे पाेस्ट

‘मिसेस पुर्बेली आइकन’ प्रतिष्पर्धी दिपिकाको बिहेअघिको सपना विवाहपछि पूरा हुँदै

अर्काे पाेस्ट

रिलिजको ७ महिनापछि भाईरल ‘कस्मिरे पछ्यौरी’, हिट भयो ‘लाजै लाग्यो हेरेँ भुइँतिर’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana